संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षीय पारस कालिकोटे छन् ।

Advertisement

गएराती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको सूचना प्रहरीले पाएको थियो । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी रसीआरभी पोष्ट भट्टाचोकबाट खटिएको टोलीले कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!