बिनोद बिष्ट/संगालोखबर

सहिदभूमि । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.३ की वडा सदस्य धनमाया राई (घनमायाँ) को आज निधन भएको छ । बिहान करिब ७ बजे सहिदभूमि–३ गौरुङ्ग टोलस्थित घरमै ४१ बर्षको उमेरमा वडा सदस्य राईको निधन भएको हो ।

Advertisement

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले उनको निधन भएको पुष्टि गरेका छन् । श्रीमान पुस्त राईका अनुसार उनलाई करिब ६ महिना अघिदेखि मधुमेहको समस्याले सताएको थियो । समयमा दिसाव पिसाव नलाग्ने समस्या पनि थियो ।

पछिल्लो पटक उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । त्यहाँबाट हिजो घर ल्याइयो । घर फर्काएको एक दिन वित्न नपाउँदै उनको निधन भएको हो ।

मृतक राई गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट सहिदभूमि–३ को महिला वडासदस्यमा निर्वाचित भएकी थिइन् । मृतक राईका श्रीमानसहित दुई छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!