- संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–१ का २४ बर्षीय बिक्रम राई र ३३ बर्षीय संजिव राई छन् ।

Advertisement

गएराती करिव साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोकस्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ६२१९ नम्वरको मोटरसाइकलमा सवार रहेका उनीहरुले झोला फालेका थिए । त्यसपछि प्रहरीलाई संका लागेर दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

उक्त झोलामा ७२ किलोग्राम गाँजा फेला परेको छ । पक्राउ परेका बिक्रम र संजिवका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!