- संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरिचौकबाट प्रतिबन्धित औषधीसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय पारुहाङ राई छन् ।

Advertisement

दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले घरबाटै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल –५८९० ट्याव्लेट र इस्पास्पेन– ५५९० ट्याव्लेट फेला परेको छ ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!