- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नुनथलामा हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना भएका छन् । सडकमा परेको अत्याधिक हिउँका कारण चिप्लिएर गएराती दुई वटा पिकअप र एउटा टिपर दुर्घटना भएको हो ।

Advertisement

हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना भएपनि मानवीय क्षति भने नभएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार तेह्रथुमको बसन्तपुरबाट धनकुटाको सिधुवा आउँदै गरेको ना.४ च १८०६ नम्बरको पिकअप हिउँमा चिप्लिएर पल्टिएको छ । पिकअप सडकबाट करिब ५ मिटर तल खसेको भएपनि मानवीय क्षति भने भएको छैन ।

त्यस्तै, सिधुवाबाट तेह्रथुम जाँदै गरेको ना.८ ख ३९७१ नम्बरको टिपर पनि नुनथलामा दुर्घटना भएको छ । टिपर पल्टिँएर सडक ढाक्दा केही घण्टा सडक अवरुद्ध भएको थियो । तर, पछि टिपर हटाएर अवरोध खुलाइएको प्रहरीले जनाएको छ ।

यता, तेह्रथुमबाट सिधुवा आउँदै गरेको मे १ च ५०७० नम्बरको पिकअप पनि नुनथलामै दुर्घटना भएको छ । धनकुटाको उत्तरी क्षेत्रमा हिउँ परेर सडक ढाक्दा गाडी चिप्लिएर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!