धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाको नाम फेरिने

धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाको नाम फेरिने

धनकुटा, ८ भदौ । धनकुटाको खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन गरिने भएको छ । खाल्सा गाउँकार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँ सभाले अनुमोदन गरेको हो । लामो नाम भएका कारण वोल्न र लेख्नका लागि झन्जटिलो भएको जनगुनासो आएपछि नाम छोट्याएर ‘सहिदभूमि’ गाउँपालिका बनाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष मनोज राईले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार गाउँ सभाक...
सेभेन यूथलाई जिल्ला लिग फुटबलको उपाधी

सेभेन यूथलाई जिल्ला लिग फुटबलको उपाधी

धनकुटा, ७ भदौ । धनकुटा नगरपालिका–७ को द सेभेन युथ क्लवले जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा बुधबार भएको फाईनलमा धनकुटा–६ को बौदिक बिकास समाज सेवा समितिलाई २–० गोल अन्तरले पराजित गर्दै सेभेन यूथ क्लवले प्रतियोगिताको उपाधी जितेको हो । उपाधीसँगै सेभेन यूथले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता वौदिक विकासले १० हजार नगद, मेडल र प्रमाणपत्रम...
धनकुटाको सिम्सुवामा मिनिट्रक दुर्घटना (फोटो फिचरसहित)

धनकुटाको सिम्सुवामा मिनिट्रक दुर्घटना (फोटो फिचरसहित)

धनकुटा, ७ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा सब्जी वोकेको मिनिट्रक दुर्घटना भएको छ । हिलेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५०७१ नम्बरको मिनिट्रक सडकमा पल्टिएको हो । घटनाको जानकारी पाएपछि आज बिहान करिव ८ बजे भेडेटाबाट प्रहरी घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा घाईते अथवा ट्रकमा कार्यरत कोही पनि फेला नपरेको भेडेटारका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले संगालोखबरलाई जानकारी दिए । ट्र...
भोजपुरमा दश हजार मतदाता थपिए, कुन ठाउँमा कति थप ? 

भोजपुरमा दश हजार मतदाता थपिए, कुन ठाउँमा कति थप ? 

भोजपुर, ७ भदौ । भोजपुरमा दश हजार वढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार दश हजार २२ जना मतदाता थप भएका हुन् । जसमा महिला ४ हजार ६ सय २६,  पुरुष ५ हजार ३ सय ९५ र तेस्रो लिङगी १ जना रहेका छन् । सबै भन्दा धेरै जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ८ सय ३० जना र सबै  भन्दा कम राम प्रसाद राई गाउँपालिकामा ४ सय ६२ जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी केवल...
उदयपुरमा नयाँ एस्पीको सक्रियताः लागूऔषध कारोबारीको भागाभाग

उदयपुरमा नयाँ एस्पीको सक्रियताः लागूऔषध कारोबारीको भागाभाग

गाईघाट । उदयपुरमा नयाँ प्रहरी प्रमुख आएसँगै लागूपदार्थबिरुद्वको अभियानले तीब्रता पाएको छ । दुई हप्ताअघि सरुवा भई आएका प्रहरी उपरीक्षक नवराज भट्टले जिल्लाकै सबैभन्दा ठूलो एवं जटिल समस्याको रुपमा रहेको लागूपदार्थ तथा दूव्र्यशन नियन्त्रण अभियानलाई अगाडी बढाएका हुन् । ‘कुराभन्दा बढी काम’ गर्ने प्रबृत्तिमा देखिएका नयाँ एसपी भट्टको नेतृत्वमा जिल्ला प्रहरी उदयपुरले बिभिन्न लागूपदार्थ प्रयोग गर्ने सम्...
प्रधानाध्यापक र शिक्षिकाको अवैध सम्बन्ध पर्दाफासः अविवाहित शिक्षिकाले जन्माईन बच्चा

प्रधानाध्यापक र शिक्षिकाको अवैध सम्बन्ध पर्दाफासः अविवाहित शिक्षिकाले जन्माईन बच्चा

भोजपुर । भोजपुरको एक नीजी बिद्यालयका प्रद्यानाध्यापक र शिक्षिकावीचको अवैध सम्बन्धको पर्दाफास भएको छ । अवैध सम्बन्धबाट बच्चा जन्माएर हत्या गरेको आरोपमा  घोडेटार बजारमा सञ्चालित हतुवा ईङ्लिस मिडियम बोर्डिङ स्कूलका प्रधानाध्यापक र शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त विद्यालयका प्रधानाध्यापक हुतवागढी गाउपालिका–४ का ३४ बर्षीय कृष्णप्रसाद राई र शिक्षिका सोही गाउँपालिका–८ की २६ ...
तराईका बाढी पीडितका लागि धनकुटामा राहत संकलन

तराईका बाढी पीडितका लागि धनकुटामा राहत संकलन

धनकुटा, ६ भदौ । तराईका बाढी पीडितको सहयोगार्थ नेपाल तरुण दल धनकुटाले राहत संकलन अभियान संचालन गरेको छ । तराईलाई दुख्दा, पहाड रुन्छ भन्ने नारा लेखिएको व्यानरसहित धनकुटा बजारमा बाढी पीडितका लागि संचालन गरिएको राहत संकलन अभियानको क्रममा ६८ हजार ३ सय ६१ रुपैयाँ संकलन भएको नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले बताए । राहत संकलन अभियानको क्रममा दुई बोरा चामल र करिब एक लाख ५० हजार बराबरको लत्ताकपड...
‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

धनकुटा, ६ भदौ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । अडिसनमा गायन, नृत्य, अभियान लगायत बिधाका ८३ जना सहभागि थिए । उत्कृष्ठ प्रतियोगि छनौटका लागि सुरेन्द्र महते, सुर्य वालिङ, सरोज भुजेल र...
धनकुटामा होटल सञ्चालकलाई कोठामा थुनेर चलाखीपूर्ण चोरी (फोटो फिचरसहित)

धनकुटामा होटल सञ्चालकलाई कोठामा थुनेर चलाखीपूर्ण चोरी (फोटो फिचरसहित)

धनकुटा, ५ भदौ । धनकुटा बजारको दियालो गेष्ट हाउसमा गएराति चोरी भएको छ । धनकुटा नगरपालिका–७ मदनचौकमा रहेको उक्त गेष्ट हाउसबाट करिव ७३ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । होटल सञ्चालक सोवित श्रेष्ठका अनुसार आईतबार दिउँसो काम खोज्दै एक युवक आएका थिए । नाम केवल कडरिया र घर ईलाम बताउँने करिव २५ बर्षीय युवाले होटलमा रोजगारी दिन आग्रह गरेपछि परिक्षणका लागि उनलाई काम गर्न दिईएको थियो । सोही दिनको रा...
झापाको चिया बगानमा बाघ देखिएपछि स्थानीय त्रसित

झापाको चिया बगानमा बाघ देखिएपछि स्थानीय त्रसित

झापा । झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि बाघ देखिन थालेको छ । केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बाघ देखिने गरेको सूचना आएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । उनले भने, ‘‘एक महिनादेखि त्यहाँको चिया बगानमा बाघ देखिएको खबर आएकाले अनुसन्धान गरिरहेका छौँ । चितुवा प...
झापामा यौन धन्दा फस्टाउँदै, प्रहरीले बढायो सक्रियता, यौनकर्मीसहित १८ युवा-युवती पक्राउ

झापामा यौन धन्दा फस्टाउँदै, प्रहरीले बढायो सक्रियता, यौनकर्मीसहित १८ युवा-युवती पक्राउ

दमक। झापामा यौन धन्दा फस्टाउँदै गएको छ । यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएपछि इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा हानेको हो । सोही क्रममा अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट दुई जोडी तथा होटलमा पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जना युवतीलाई पक्राउ गरिएको इलाक...
भिखारी संघको अध्यक्षको घरमा बोराभित्र भेटियो तीन लाख

भिखारी संघको अध्यक्षको घरमा बोराभित्र भेटियो तीन लाख

विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेक...
राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन्

राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन्

काठमाडौं । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वर्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे । अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए । उनीहरुले चामकल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए । सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए । तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन् । ‘राहत दिने भनेर बोलाइयो, तर...
उदयपुरका वाख्रामा अज्ञात रोगः एकैपटक १० खसी मरे, रोग फैलने डरले गाउँमा सन्त्रास

उदयपुरका वाख्रामा अज्ञात रोगः एकैपटक १० खसी मरे, रोग फैलने डरले गाउँमा सन्त्रास

उदयपुर, ४ भदौ । उदयपुरका वाख्रामा अज्ञात रोग देखिएको छ । जसका कारण जिल्लाका एक कृषकले एकैपटक १० वटा बाख्रा गुमाउनु परेको छ । जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिकास्थित बेल्टारका कृषक रामबहादुर खड्काले पालेको खसी जंगलमा चराउन लगेका वेला एक्कासी मरेका हुन । घटनापछि रोग फैलने डरले गाउँमा सन्त्रास फैलिएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी खसी व्यापारको तयारीमा रहेका वेला यसरी धेरै संख्य...
भोजपुरका गायक गनु साङपाङ्गको एल्वम ‘सामीप्यता’ विमोचन

भोजपुरका गायक गनु साङपाङ्गको एल्वम ‘सामीप्यता’ विमोचन

भोजपुर, ४ भदौ । भोजपुरे गायक गनु साङपाङ्ग राईको दोश्रो गीति एल्वम ‘सामीप्यता’ विमोचन भएको छ । भोजपुर सदरमुकाममा कार्यक्रम आयोजना गरी एल्वम विमोचन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङ्ग, जिल्ला शिक्षा अधिकारी डम्वर ध्वज आङ्देवे र उनका शुरु तथा भोजपुर क्याम्पसका उप–प्राध्यापक कमलजंग राईले संयुक्त रुपमा एल्वम बिमोचन गरेका हुन ।  राईको एल्वममा...
मोरङमा होटलबाट दुई जोडी पक्राउ

मोरङमा होटलबाट दुई जोडी पक्राउ

मोरङ, ४ भदौ । प्रहरीले मोरङको रानी एरियास्थित एक होटलबाट दुई जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षीय दुई युवा छन । त्यस्तै भारत अररिया घर भएकी २५ बर्षीया युवती र काठमाण्डौ घर भएकी २० बर्षीया युवतीलाई होटलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रानीको टोलीले आइतबार बिहान ‘होटल, लज तथा रेष्टुरेन्ट चेकजाँच अभियान’ का क...
बेपत्ता बनेका इलाम बास्केट संघका अध्यक्षको शव फेला

बेपत्ता बनेका इलाम बास्केट संघका अध्यक्षको शव फेला

इलाम । छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दि...
धनकुटाको पात्लेमा करेन्ट लागेर महिलाको मृत्यु, बिधुत सर्ट हुँदा घरमा आगलागी

धनकुटाको पात्लेमा करेन्ट लागेर महिलाको मृत्यु, बिधुत सर्ट हुँदा घरमा आगलागी

धनकुटा, ४ भदौ । धनकुटा नगरपालिका–१० पात्लेमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा करेन्ट लाग्दा धनपा–१० की ३५ बर्षीया रीता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहान करिव ९ बजे स्थानीय फप्तेबहादुर सार्कीको घरमा बिधुत सर्ट भएर आगलागी भएको थियो । छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा बिधुत सर्ट भएर करेन्ट लाग्दा अधि...
बाढीबाट प्रभावित क्षेत्रमा पशु चौपाया धमाधम मर्दै

बाढीबाट प्रभावित क्षेत्रमा पशु चौपाया धमाधम मर्दै

राजविराज । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयाँैं पशु चौपाया मरेको स्थानीयवासी चन्दन यादवले जनाकारी दिनुभयो । लगातारको वर्षापछि आएको बाढीले कोशी ...
सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

लहान। विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३÷७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३÷७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिन...
उन्नाइस करोडको माछा बगे बाढीमा

उन्नाइस करोडको माछा बगे बाढीमा

मोरङ। एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिए । रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका...
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ । घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित भएका सप्तरीको तिलाठी क...
वेवारिसे शवको सनाखतः सम्बन्ध बिच्छेदकै दिन बेपत्ता, चार दिनपछि मृत फेला

वेवारिसे शवको सनाखतः सम्बन्ध बिच्छेदकै दिन बेपत्ता, चार दिनपछि मृत फेला

धनकुटा, ३ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत भएको छ । धनकुटा–७ सिरवानी स्थित चिरविरे चौतारा नजिक घर भएका ३५ बर्षीय बिनोद श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक बिहिबार अपरान्ह वेवारिसे अवस्थामा शव भेटिएको थियो । कुहिएको अवस्थामा भेटिएको उक्त शवक...
बाढी र डुबानका कारण एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थलमा उडान सुरु

बाढी र डुबानका कारण एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थलमा उडान सुरु

मोरङ,३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए । सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चा...
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

सुरुङ्गा।झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेकोे खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको भद्रपुरस्थित मेची अञ्...
सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष सवारीको ठक्करबाट गम्भीर घाइते भएको र उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । ठक्कर द...
धामीकामा हिँडेका बस्नेत मृत भेटिए

धामीकामा हिँडेका बस्नेत मृत भेटिए

सोलुखुम्बु।  दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन् । उनी सामान्य बिरामी परेका थिए । उनको लडेर ज्यान गएको शंका गरिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएक...
धनकुटामा वेवारिसे शव भेटियो

धनकुटामा वेवारिसे शव भेटियो

धनकुटा, १ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक बिहिबार अपरान्ह वेवारिशे शव फेला परेको छ । सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको बताईएको छ । घॉस काट्न गएका स्थानीयबासीले पाखामा वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा अनुसन्धान थालिने जिल्ला प्रहरी प...
बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

लहान। जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । बाढी प्रभ...
विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् । यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमु...
झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर। झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सोसाइटीका सभापति लोकराज ढकालले बाढीमा परेका ४४० परिवारका दुई हजार २०० व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरी ...
error: Content is protected !!