- देबराज राई/संगालोखबर

उदयपुर, ४ भदौ । उदयपुरका वाख्रामा अज्ञात रोग देखिएको छ । जसका कारण जिल्लाका एक कृषकले एकैपटक १० वटा बाख्रा गुमाउनु परेको छ ।

जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिकास्थित बेल्टारका कृषक रामबहादुर खड्काले पालेको खसी जंगलमा चराउन लगेका वेला एक्कासी मरेका हुन । घटनापछि रोग फैलने डरले गाउँमा सन्त्रास फैलिएको छ ।

Advertisement

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी खसी व्यापारको तयारीमा रहेका वेला यसरी धेरै संख्यामा खसी मरेपछि आफ्नो ब्यावसायनै चौपट भएको खड्काले गुनासो गरेका छन ।

मरेका खसी हेर्न भेला भएका स्थानीयबासी । तस्वीर: देबराज राई/संगालोखबर

खड्का लामो समयदेखि खसी पाल्ने तथा खरिद बिक्रीसमेत गर्दै आएका स्थापित व्यापारी हुन् । खसीहरु मरेपछि आफूलाई डेढलाख भन्दा बढी नोक्सानी भएको खड्काले बताए ।

यसरी खसी मर्नु सामान्य नभई कुनै गंभीर रोगको महामारी हुन सक्ने स्थानीयको अनुमान छ । एकैपटक धेरै खसी मर्नुको कारण पक्ता लगाउँनका लागि पशुसेवा कार्यालयमा सम्पर्क गरी चेकजाँच गर्नेबारे छलफल भइरहेको स्थानीयले बताएका छन् ।

खसीपालेर परिवारको गुजारा चलाउदै आएको हुँनाले यती ठूलो संख्यामा खसी मरेपछि पारिवारमा समस्या थपिएको खड्काको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!