- संगालोखबर सम्वाददाता

धनकुटा, ७ भदौ । धनकुटा नगरपालिका–७ को द सेभेन युथ क्लवले जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी जितेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा बुधबार भएको फाईनलमा धनकुटा–६ को बौदिक बिकास समाज सेवा समितिलाई २–० गोल अन्तरले पराजित गर्दै सेभेन यूथ क्लवले प्रतियोगिताको उपाधी जितेको हो ।

Advertisement

उपाधीसँगै सेभेन यूथले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता वौदिक विकासले १० हजार नगद, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

बिजेता तथा उप–बिजेतालाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भोगेन्द्र थापा, जिल्ला फुटवल संघका अध्यक्ष धिरेन्द्रलाल श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

जिल्ला फुटवल संघको आयोजनामा भदौ १ गतेबाट सुरु भएको प्रतियोगिता ७ दिनसम्म सञ्चालन भएको हो ।

जिल्ला फुटवल संघमा आवद्ध १७ टिम मध्ये १३ टिम वीच प्रतियोगिताको उपाधीका लागि प्रतिस्प्रधा भएको जिल्ला फुटवल संघका महासचिव रोसन श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन ।

प्रतियोगिताका थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!