- संगालोखबर सम्वाददाता

दमक। झापामा यौन धन्दा फस्टाउँदै गएको छ । यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ।

Advertisement

पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएपछि इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा हानेको हो । सोही क्रममा अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट दुई जोडी तथा होटलमा पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जना युवतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन।

उनका अनुसार कनकाई होटलबाट पाँच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिलालाई पक्राउ गरिएको छ।

सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको उनले बताए। स्थानीयले दमकमा यौनधन्दा धेरै हुन थालेको गुनासो गरेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

‘हामी चुनाव र त्यसपछि बाढी पीडितको उद्धारमा केन्द्रित भएको मौका छोपेर यौनकर्मीहरु सक्रिय भएछन’ प्रहरी निरीक्षक बस्नेतले भने ‘यसलाई रोक्नका लागि हामीले सक्रियता बढाएका छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!