- संगालोखबर सम्वाददाता

धनकुटा, ४ भदौ । धनकुटा नगरपालिका–१० पात्लेमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा करेन्ट लाग्दा धनपा–१० की ३५ बर्षीया रीता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
धनकुटाको पात्लेमा करेन्ट लागेर मृत्यु भएकी अधिकारीको शव । तस्वीर: भीमकुमारी अधिकारी

बिहान करिव ९ बजे स्थानीय फप्तेबहादुर सार्कीको घरमा बिधुत सर्ट भएर आगलागी भएको थियो ।

छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा बिधुत सर्ट भएर करेन्ट लाग्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

यता आगलागीका कारण टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुदा करिव १० लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!