- सन्तोष रुचाल/संगालोखबर

धनकुटा, ६ भदौ । तराईका बाढी पीडितको सहयोगार्थ नेपाल तरुण दल धनकुटाले राहत संकलन अभियान संचालन गरेको छ ।

तराईलाई दुख्दा, पहाड रुन्छ भन्ने नारा लेखिएको व्यानरसहित धनकुटा बजारमा बाढी पीडितका लागि संचालन गरिएको राहत संकलन अभियानको क्रममा ६८ हजार ३ सय ६१ रुपैयाँ संकलन भएको नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले बताए ।

Advertisement

राहत संकलन अभियानको क्रममा दुई बोरा चामल र करिब एक लाख ५० हजार बराबरको लत्ताकपडा र जुत्ता चप्पल पनि संकलन भएको छ ।

धनकुटा बजारमा राहत संकलन गरिदै । तस्वीर: सन्तोष रुचाल/संगालोखबर

उक्त संकलित नगद तथा लत्ताकपडा पूर्वी तराईका झापा, सुनसरी, मोरङ र सप्तरी मध्ये कुनै पनि जिल्लाका बाढी पीडित परिवारलाई वितरण गरिने अध्यक्ष राईले बताए ।

अविरल बर्षाका कारण पूर्वका विभिन्न जिल्लाका ४७ जनाले ज्यान गुमाउनुका साथै १५ जना बेपत्ता भएका थिए ।

त्यस्तै बाढीबाट पुर्वमा ७ जना घाइते, तीन हजार ४ सय ९१ जना घरधुरी र ११ हजार ५ सय ४५ जना विस्थापित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!