- संगालोखबर सम्वाददाता

धनकुटा, ७ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा सब्जी वोकेको मिनिट्रक दुर्घटना भएको छ । हिलेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५०७१ नम्बरको मिनिट्रक सडकमा पल्टिएको हो ।

घटनाको जानकारी पाएपछि आज बिहान करिव ८ बजे भेडेटाबाट प्रहरी घटनास्थल पुगेको थियो ।

Advertisement

तर, घटनास्थलमा घाईते अथवा ट्रकमा कार्यरत कोही पनि फेला नपरेको भेडेटारका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले संगालोखबरलाई जानकारी दिए ।

ट्रक पल्टिएर सडकको आधा भाग ढाकेकाले सडकमा एकतर्फी रुपमा मात्र सवारी आवतजावत भईरहेका छन । ट्रक हटाएर सडक खुलाउँने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!