वाईराज बिष्ट/संगालोखबर

भोजपुर, ४ भदौ । भोजपुरे गायक गनु साङपाङ्ग राईको दोश्रो गीति एल्वम ‘सामीप्यता’ विमोचन भएको छ । भोजपुर सदरमुकाममा कार्यक्रम आयोजना गरी एल्वम विमोचन गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङ्ग, जिल्ला शिक्षा अधिकारी डम्वर ध्वज आङ्देवे र उनका शुरु तथा भोजपुर क्याम्पसका उप–प्राध्यापक कमलजंग राईले संयुक्त रुपमा एल्वम बिमोचन गरेका हुन ।  राईको एल्वममा ५ ओटा गीत समेटिएका छन ।

Advertisement

काली काली छौ दिलवाली, ओई गोरी सुन लगायत राईका गीतहरु चर्चामा छन् । २०६० सालदेखि सांगितिक क्षेत्रमा प्रवेश गरेका राईले हालसम्म दुई दर्जन वढी गीतमा आवाज भरिसकेका छन् ।  यस अघि २०६७ सालमा उनको एल्वम ‘हनी’ विमोचन भएको थियो ।

‘सामिप्यता’ एल्वम बिमोचन गरिदै । तस्वीर: वाईराज बिष्ट/संगालोखबर

भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर–८ शेमेङमा जन्मिएका राई ०६० सालमा रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी लोकगीत प्रतियोगितात्मक सम्मेलनमा प्रथम भएका थिए । त्यसपश्चात उनले औपचारीक सांगितिक यात्रा सुरु भएको हो ।

उनले पहिलो गीति एल्वम निकालेको ७ वर्ष पछि सुर्य क्रियसन मार्फत दोस्रो एल्वम सामीप्यता निकालेका हुन् । विमोचन कार्यक्रमकै अवसरमा म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक साङ्गपाङ्गले आफ्नै जिल्लामा एल्वम विमोचन गर्न पाउदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!