- वाईराज विष्ट/संगालोखबर

भोजपुर, ७ भदौ । भोजपुरमा दश हजार वढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार दश हजार २२ जना मतदाता थप भएका हुन् । जसमा महिला ४ हजार ६ सय २६,  पुरुष ५ हजार ३ सय ९५ र तेस्रो लिङगी १ जना रहेका छन् ।

सबै भन्दा धेरै जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ८ सय ३० जना र सबै  भन्दा कम राम प्रसाद राई गाउँपालिकामा ४ सय ६२ जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी केवल प्रसाद रेग्मीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्न आएकाको भीड । तस्वीर: वाईराज विष्ट/संगालोखबर

त्यस्तै अरुण गाउँपालिकामा ५ सय महिला र ५ सय ९२ पुरुष गरी नौ सय ९२ जना, आमचोक गाँउपालिकामा २ सय ५ महिला, २ सय ६९ पुरुष गरी ४  सय ७४, पौवादुम्मा गाँउपालिकामा २ सय ५१ महिला, २ सय ८५ पुरुष गरी ५ सय ३६ जनाको नामावलीमा नाम दर्ता गराएका छन ।

त्यस्तै साल्पासिलिच्छो गाउँपालिकामा २ सय २३ महिला, ४ सय ३३ पुरुष गरी ६ सय ५६, ट्याम्केमैयुङ गाउँपालिकामा ४ सय ११ महिला, ४ सय ८५ पुरुष गरी ८ सय ९६, हतुवागढी गाउँपालिकामा ४ सय १६ महिला, ४ सय ८६ पुरुष गरी ९ सय २ र षडानन्द नगरपालिकामा १ हजार १ सय २ महिला र १ हजार १ सय ७२ पुरुष गरी २ हजार २ सय ७४ जनाको नाम संकलन गरेको निर्वाचन अधिकारी रेग्मीले वताए ।

मतदाता नामावली संकलन गर्न आएकाको भीड । तस्वीर: वाईराज विष्ट/संगालोखबर

विषेश गरेर वैदेशिक रोजगारीमा गएर फर्केका युवा, सरकारी जागिरवाट अवकास पाएका व्यक्तिहरु, विगतमा उमेर नपुगेर मतदान गर्न नपाएकाहरुले वढी संख्यामा नाम दर्ता गराएको निवाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको हो । निर्वाचन कार्यालय र जिल्लाका सवै स्थानीय तहका केन्द्रसंगै वडा कार्यालयबाटसमेत नामावली संकलन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!