- गोमा ढुंगाना/संगालोखबर

धनकुटा, ६ भदौ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन ।

अडिसनमा गायन, नृत्य, अभियान लगायत बिधाका ८३ जना सहभागि थिए । उत्कृष्ठ प्रतियोगि छनौटका लागि सुरेन्द्र महते, सुर्य वालिङ, सरोज भुजेल र कुमार अनुरागी निर्णायकको भूमिकामा थिए ।

Advertisement

अव भदौ १० गते हुँने दोस्रो चरणको दोस्रो अडिसनबाट ४७ जना छनौट गरिने प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणको पहिलो र दोस्रो अडिसनबाट ७५ जना छनौट भई तेस्रो चरणमा प्रवेश गर्नेछन ।   टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ चरण पार गरेपछि मंसिर २३ गते ‘फाईनल’ हुँदैछ ।

यसअघि पहिलो चरणमा धनकुटा बजार, झापाको विर्तामोड, सुनसरीको इटहरी, संखुवासभाको खादवारी, तेह्रथुमको बसन्तपुर र भोजपुरमा अडिसन भएको थियो ।

६ वटै जिल्लामा भएको पहिलो चरणको अडिसनबाट २ सय १५ जना छनौट भई दोस्रो चरणमा प्रवेश गरेका थिए । ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ जित्नेले १ लाख नगद पाउँने  प्रतियोगिताका संयोजक योगीले बताएका छन । संगालोखबर पनि ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को अफिसियल मिडियाको रुपमा रहेको छ ।

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को भिडियो हेर्नुहोस्…

https://www.youtube.com/watch?v=-b2VF62Sp60

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!