सुरुङ्गा।झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेकोे खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

बालकको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!