- संगालोखबर सम्वाददाता

मोरङ, ४ भदौ । प्रहरीले मोरङको रानी एरियास्थित एक होटलबाट दुई जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षीय दुई युवा छन ।

त्यस्तै भारत अररिया घर भएकी २५ बर्षीया युवती र काठमाण्डौ घर भएकी २० बर्षीया युवतीलाई होटलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय रानीको टोलीले आइतबार बिहान ‘होटल, लज तथा रेष्टुरेन्ट चेकजाँच अभियान’ का क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुका बिषयमा अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाईने इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाको भनाई उदृत गर्दै क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!