संगालोखबर

धनकुटा, ३ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।

धनकुटा–७ सिरवानी स्थित चिरविरे चौतारा नजिक घर भएका ३५ बर्षीय बिनोद श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक बिहिबार अपरान्ह वेवारिसे अवस्थामा शव भेटिएको थियो । कुहिएको अवस्थामा भेटिएको उक्त शवको पहिचान हुन सकेको थिएन ।

मृतकका वुवा गुणराज श्रष्ठले देखेपछि छोरो भएको पुष्टि गर्दै शवको सनाखत गरेको धनकुटाका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार मृतक श्रेष्ठ गत साउन २९ गतेबाट परिवारसग सम्पर्कबिहिन थिए ।

सोही दिन श्रीमतीले उनीसग सम्बन्ध बिच्छेद गरेकी थिईन । चारबर्ष विदेश बसेर फर्किए लगत्तै श्रीमतीले उनीसग सम्बन्ध बिच्छेद गरेकी हुन ।

‘मृतक श्रेष्ठले पहिले देखिनै माधक पदार्थ सेवन गर्ने गरेको र श्रीमतीसग पनि सम्बन्ध बिच्छेद भएकाले अत्याधिक माधक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौ ।’ प्रहरी नायव निरीक्षक अधिकारीले संगालोखबरसँग भने ‘अनुसन्धान भईरहेकाले छ । घटनाको वास्तविकता पत्ता लाग्नेछ ।’

 

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् …

धनकुटामा वेवारिसे शव भेटियो

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!