- वाईराज बिष्ट/संगालोखबर

भोजपुर । भोजपुरको एक नीजी बिद्यालयका प्रद्यानाध्यापक र शिक्षिकावीचको अवैध सम्बन्धको पर्दाफास भएको छ ।

Advertisement

अवैध सम्बन्धबाट बच्चा जन्माएर हत्या गरेको आरोपमा  घोडेटार बजारमा सञ्चालित हतुवा ईङ्लिस मिडियम बोर्डिङ स्कूलका प्रधानाध्यापक र शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त विद्यालयका प्रधानाध्यापक हुतवागढी गाउपालिका–४ का ३४ बर्षीय कृष्णप्रसाद राई र शिक्षिका सोही गाउँपालिका–८ की २६ बर्षीया रमिता राई छन ।

प्रधानाध्यापक राई विवाहित हुन भने शिक्षिका अविवाहित छिन । वच्चा जन्माएर मारेको शंका लागेपछि गाउँलेले प्रहरीलाई खवर गरेका थिए ।

त्यसपछि उनीहरुको घरमा पुगेको प्रहरीले नवजात शिशु मृत अवस्थामा भेटेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो । दुवै जनालाई हिरासतमा राखि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वच्चाको सवलाई पोष्टमार्टमका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पोष्टमार्टम रिपोर्ट आएपछि शिशुको हत्या हो होइन भन्ने पुष्टी हुने प्रहरीको भनाई छ ।

उनीहरुले वच्चाको हत्या गरेको नभई मृत अवस्थामा जन्मिएको वयान दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!