संगालोखबर सम्वाददाता

सुनसरी, ९ भदौ । सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित बिषमपथमा बिहीबारराती आफ्नै भाईले छुरा प्रहार गर्दा दाजु घाईते भएका छन ।

सामान्य बिबाद हुँदा स्थानीय ३७ बर्षीय राजु बिकलाई आफ्नै भाई २१ बर्षीय जोन बिकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।  उनले आफ्नै घरको कोठामा दाजुमाथी छुरा प्रहार गरेका थिए ।

Advertisement

छुरा प्रहारबाट घाईते बिकको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने जोन फरार छन । उनको खोजी भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!