ओखलढुंगामा ट्रक दुर्घटना,१ को मृत्यु ५ घाईते

ओखलढुंगामा ट्रक दुर्घटना,१ को मृत्यु ५ घाईते

ओखलढुंगा । ओखलढुंगामा भएको ट्रक दुर्घटनामा १ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । गएराति नवलपुर घाटबाट पलापुतर्फ आउँदै गरेको ना ४ ख ८०९८ नम्बरको मिनि ट्रक चम्पादेबी गाउँपालिका २ नवलपुरमा ब्रेक फेल भएर दुर्घटना हुँदा काभ्रे बन्सु स्थायी घर भएका अन्दाजी १९ वर्षीय नवराज भनिने सने दमाईको मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।  सो दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
सुधारिँदै विपी प्रतिष्ठान : ६ महिनामा भए केही सुधार

सुधारिँदै विपी प्रतिष्ठान : ६ महिनामा भए केही सुधार

काठमाडौं।साढे दुई दशक लामो इतिहास बोकेको धरान स्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय तीब्र गतिमा सुधारको बाटोमा लागिरहेको छ । प्रतिष्ठानको रुपमा वि सं.२०५० सालदेखि सञ्चालनमा आएको संस्था केही समय अघिसम्म सेवाग्राहीहरुको कडा अलोचनाको शिकार बनेको थियो । अनियमितता र भद्रगोल व्यवस्थापनका कारण विरामी र कुरुवाहरु आजितहुने गरेको प्रतिष्ठान भित्रको अस्पतालमा पछिल्लो ६ महिनादेखि ...
इलामको किराँती धार्मिकस्थल माङसेबुङमा पशुबध र मदिरा निषेध

इलामको किराँती धार्मिकस्थल माङसेबुङमा पशुबध र मदिरा निषेध

इलाम। देवी देवता खुशी पार्ने निहुमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिएता पनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइदैन् । जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा अहिले पनि पशुबलि र मदिरा निषेध छ । यहाँका प्रत्येक घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङका ध्वजा राखिएको छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई पनि अनौठो लाग्...
बाढी विस्थापितको पीडा : ‘न घर न घडेरी’

बाढी विस्थापितको पीडा : ‘न घर न घडेरी’

सप्तरी। सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीका विरक्ष मुखियाको घर रहेको ठाउँमा हाल खोला बगिरहेको छ । मुखियाको दुईवटा घर, भान्छा, गाईगोठ, सबै बाढीले बगाएपछि उठिबास लागेको छ । गत असार १७ मा आएको महुली खोलाको बाढीले नै विरक्षको एउटा घर र गाईगोठ बगाएको थियो । ‘एउटा घर र भान्छा बाँकी थियो, पछिल्लो बाढी (साउन २८ को) ले त्यही पनि लग्यो,’ बाढीले बगाएको घर रहेको ठाउँनजिकै मंगलबार भेटिए...
सार्वजनिक शौचालय भयो लथालिङ्ग

सार्वजनिक शौचालय भयो लथालिङ्ग

मोरङ। जिल्लाको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ । विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । तत्कालीन उर्लाबारी गाविसको ५० हजार र हार्डवेयर पसल तथा स्थानीयवासीको सहयोगमा एक लाख ५० हजारमा सो शौचालय क्लबले निर्माण गरेको थियो । हाल शौचालय पुनः लथालिङ्ग अवस्थामा पुगेकाले शौच गर्न समस्या ...
ओखलढुंगामा केटी माग्न जाँदा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुंगामा केटी माग्न जाँदा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुंगा। बिहेका लागि केटी माग्न हिँडेको सवारी साधन (टाटा सुमो) दुर्घना हुदाँ ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाईते भएका छन् । दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजी...
धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा, १६ भदौ । धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । जिल्ला अदालतले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन सार्वजनिक गरेको हो । गत आर्थिक बर्षमा ९४ जिम्मेवारी सरेकोसहित ३ सय ९६ मुद्दा दर्ता भएका थिए । जसमध्ये २ सय ५४ मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश किशोर घिमिरेले जानकारी दिए । उनका अनुसार १ सय ४२ मुद्दा फछर्यौट हुँन वाँकी छन । ...
तेह्रथुममा रात्रीबस पल्टियो, लसुने-म्याङलुङ्ग सडक अवरुद्ध

तेह्रथुममा रात्रीबस पल्टियो, लसुने-म्याङलुङ्ग सडक अवरुद्ध

तेह्रथुम, १५ भदौ । तेह्रथुमको लालिगुँरास नगरपालिका–९ काँडेमा आज दिउँसो बस दुर्घटना भएको छ । तेह्रथुम सदरमुकाम म्याङलुङबाट काठमाण्डौ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी रात्रीबस लसुने नजिक काँडे भन्ने स्थानमा पल्टिएको प्रहरीले जनाएको छ ।   दुर्घटनामा परी म्याङलुङ्ग नगरपालिका–३ की फुलमाया तामाङ घाईते भएकी छन । बस पल्टिएर सडक ढाकेपछि कोशी राजमार्ग स्थित तेह्रथुमको लसुने–म्याङलुङ्ग सडक खण्ड अवर...
सुनसरीबाट ११ फरार अभियुक्त पक्राउ

सुनसरीबाट ११ फरार अभियुक्त पक्राउ

इनरुवा। जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्या...
बाढीले परवलखेती नष्ट भएपछि  सुनसरीका कृषक निरास

बाढीले परवलखेती नष्ट भएपछि सुनसरीका कृषक निरास

इनरुवा।सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उनको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गरेका थिए । बा...
महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ ...
मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण

मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण

इटहरी।अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही दुई लाखका दरले १६ लाख प्रदान गरिएको छ । बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरुले प्राप्त गर्ने राहत रकम उपलब्ध हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस...
बाढीपीडितलाई गाँसबासकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य

बाढीपीडितलाई गाँसबासकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य

पथरी । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु गरेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बित...
मोरङको रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

मोरङको रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

मोरङ। हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ । यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दश...
भैँसीले हान्दा बालिकाको मृत्यु 

भैँसीले हान्दा बालिकाको मृत्यु 

सप्तरी । सप्तरीको बेल्ही चपेनामा मंगलबार भैँसीले हान्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जगजीवन खंगकी आठ वर्षीया छोरी बुचियाकुमारी खंग रहेको प्रहरीले जनाएको छ । बुचिया आफ्नै भैँसी चराउन गाउँदेखि पर चौरमा गएको बेला भैँसीले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पता...
पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणबाट ८१ जना छनौट (नामावलीसहित)

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणबाट ८१ जना छनौट (नामावलीसहित)

धनकुटा । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट ८१ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा दुई चरणमा गरिएको अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । दोस्रो चरणको पहिलो अडिसनबाट २८ र दोस्रो अडिसनबाट ५३ जना प्रतियोगि छनौट भई तेस्रो चरण प्रवेश गरेको पूर्वाञ्चल गट ट्यालेन्टका संयोजक सुमन योगीले संग...
आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ । पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो शुरु भएको जनाइएको छ । भान्छा कोठाबाट आगलागी शुरु...
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं : अध्यक्ष प्रचण्ड

दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं : अध्यक्ष प्रचण्ड

लहान।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थान...
धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारमा सहयोग संकलन

धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारमा सहयोग संकलन

धनकुटा, १२ भदौ । मुटु रोगबाट पीडित धनकुटामा क्रियासिल अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि धनकुटाका पत्रकारहरुले आर्थिक सहयोग गरेका छन । सोमबार साझा सञ्चार नेपालले उपचारका लागि ५ हजार ५ सय नगद प्रदान गरेको छ । साझा सञ्चारका अध्यक्ष भेषराज कटेलले पत्रकार महासंघका सचिव विदुर खवासलाई रकम हस्तान्तरण गरेका हुन । अग्रज पत्रकार राईको उपचारका लागि धनकुटाका पत्रकारहरुले स्वतस्र्फुत रुपमा आर्थिक स...
धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

धनकुटा, ११ भदौ । भदौ अन्तिम साता धनकुटामा शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजक समितिको बैठकले भदौ २७ देखी ३१ गतेसम्म धनकुटाको तल्लो डुडिखेलमा प्रतियोगिताको १३ औं संस्करण सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन टिम र छिमेकी राष्ट्रको १ टिम गरी ६ टिम सहभागि हुनेछन ।  प्रतियोगिता सञ्चालनका लागि बिभिन्न उप–समिति निर...
विराटनगरको कोशी हेल्थ ईन्स्टिच्युटमा आगलागी

विराटनगरको कोशी हेल्थ ईन्स्टिच्युटमा आगलागी

मोरङ, ११ भदौ । विराटनगर महानगरपालिका–१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा आईतबार आगलागी भएको छ । ईन्स्टिच्यूटको परीक्षा शाखामा बिधुत सर्ट भएर आईतबार बिहान आगलागी भएको हो । आगोले परीक्षा शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको ईन्स्टिच्यटले जानएको छ ।
हिलेमा शुभकामना आदानप्रदान र जनप्रतिनिधिलाई सम्मान  

हिलेमा शुभकामना आदानप्रदान र जनप्रतिनिधिलाई सम्मान  

हिले, ११ भदौ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई डिलर एशोसियसन हिलेले शुभकामना आदानप्रदान एवं सम्मान गरेको छ । हिलेमा कार्यक्रम आयोजना गरी एशोसियसनले जनप्रतिनिधिलाई सम्मान गर्दै शुभकामना आदान–प्रदान गरेको हो । कार्यक्रममा डिलर एसोसियसनका अध्यक्ष्य कृष्णराज श्रेष्ठले जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, १ नम्बर वडाध्यक्ष निरन तामाङ, सदस्यहरु लालचन्द गोङवा, फुल...
धनकुटा नगरको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता

धनकुटा नगरको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता

धनकुटा, ९ भदौ । धनकुटा नगरपालिकाले सडक निर्माण र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राख्दै चालु आर्थिक बर्षका लागि ४६ करोड बजेट बिनियोजन गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो । शुक्रवार आयोजित नगर सभाको प्रथम अधिवेशनमा नगरका उप–प्रमुख शकुन्तला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु तर्फ २४ करोड ८० लाख ४५ हजार र पूँजीगत तर्फ ...
धनकुटा नगरको विकासमा ४६ करोड बजेट

धनकुटा नगरको विकासमा ४६ करोड बजेट

धनकुटा, ९ भदौ । धनकुटा नगरको बिकासका लागि चालु आर्थिक बर्षमा ४६ करोड बजेट बिनियोजन भएको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो । शुक्रवार आयोजित नगर सभाको प्रथम अधिवेशनमा नगरका उप–प्रमुख शकुन्तला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु तर्फ २४ करोड ८० लाख ४५ हजार र पूँजीगत तर्फ २१ करोड ३० लाख २ हजार बजेट छुट्याईएको छ । चालु तर्फ छु...
मोरङमा भीरबाट लडेर एकको मृत्यु

मोरङमा भीरबाट लडेर एकको मृत्यु

मोरङ, ९ भदौ । मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ बर्षीय पुर्ण बहादुर बस्नेत छन । स्थानीय पुतली डाँडा भीरमा बिहिबार घाँस काट्ने क्रममा लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
इलाममा हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

इलाममा हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

इलाम, ९ भदौ । इलामको चुलाचुली गाँउपालिका–२ मा गएराति हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ६३ बर्षीय धन बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी चौकी पोल्टीमारीले जनाएको छ । श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेका वेला हात्तीले सुडले बोकेर घरबाट करिव २ सय मिटर पर लगेर लछारेर मारेको स्थानीयबासीले बताएका छन । घटनापछि पोल्टीमारी प्रहरी र स्थानीयबासीले हात्तीलाई जंगलत...
धरानमा भाईले छुरा प्रहार गर्दा दाजु घाईते

धरानमा भाईले छुरा प्रहार गर्दा दाजु घाईते

सुनसरी, ९ भदौ । सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित बिषमपथमा बिहीबारराती आफ्नै भाईले छुरा प्रहार गर्दा दाजु घाईते भएका छन । सामान्य बिबाद हुँदा स्थानीय ३७ बर्षीय राजु बिकलाई आफ्नै भाई २१ बर्षीय जोन बिकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।  उनले आफ्नै घरको कोठामा दाजुमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते बिकको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । छुरा प्...
धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  

धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  

धनकुटा, ८ भदौ । धनकुटामा बिहिबार हर्सोउल्लासपूर्वक महिलाहरुले तीज पर्व मनाएका छन । तीजको अवसरमा जिल्ला सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, जीतपुर लगायत स्थानमा तीज बिशेष बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । तीजको अवसरमा धनकुटा सदरमुकामको भीमसेनथान, वीचबजार, हुलाकटोल, कागते लगायत स्थानमा तीज विशेष नाचगान कार्यक्रम गरिएको छ । भीमसेनथानमा रेडियो मकालु, धनकुटा महिला बचत तथा ऋण सहकारी स...
कागतेमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

कागतेमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

धनकुटा, ८ भदौ । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्ड स्थित धनकुटा नगरपालिका–३ कागतेमा आज साँझ मोटरसाईकलको ठक्करबाट एक वालक घाईते भएका छन । सिधुवाबाट धनकुटातर्फ आउँदै गरेको को २६ प ८२७९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानीय सन्तोष कार्कीका ७ बर्षीय छोरा साहिल कार्की गंभीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्करबाट वालकको दाहिन खुट्टा भाचिएको धनकुटाका ट्राफिक प्रहरी द...
धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)

धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)

धनकुटा, ८ भदौ । धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउँनेमा ५ हजार ८ सय ९६ पुरुष र ५ हजार ५ सय ३१ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय...
error: Content is protected !!