संगालोखबर सम्वाददाता

धनकुटा, ८ भदौ । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्ड स्थित धनकुटा नगरपालिका–३ कागतेमा आज साँझ मोटरसाईकलको ठक्करबाट एक वालक घाईते भएका छन ।

Advertisement

सिधुवाबाट धनकुटातर्फ आउँदै गरेको को २६ प ८२७९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानीय सन्तोष कार्कीका ७ बर्षीय छोरा साहिल कार्की गंभीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ठक्करबाट वालकको दाहिन खुट्टा भाचिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार बालकले सडकपार गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको हो ।

घाईते वालकलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सिधुवाका आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!