- संगालोखबर सम्वाददाता

धनकुटा, ८ भदौ । धनकुटाको खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन गरिने भएको छ । खाल्सा गाउँकार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँ सभाले अनुमोदन गरेको हो ।

लामो नाम भएका कारण वोल्न र लेख्नका लागि झन्जटिलो भएको जनगुनासो आएपछि नाम छोट्याएर ‘सहिदभूमि’ गाउँपालिका बनाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष मनोज राईले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement

उनका अनुसार गाउँ सभाको निर्णयलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएपछि गाउँपालिकाको नाम परिवर्तनले पुर्णता पाउँनेछ । स्थानीय तहले ६ महिनाभित्र नाम परिवर्तन गर्न सक्ने प्रावधान भए बमोजिम नाम परिवर्तन गराउँन लागिएको हो ।


खाल्साको बजेट २३ करोड

खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको प्रथम गाउँ सभाले २३ करोड अनुमानित प्रस्तावित बजेट पारित गरेको छ । चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि २३ करोड ८६ लाख २२ हजार १ सय ४८ बरावरको बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन । गाउँसभाले बिनियोजन ऐन र आर्थिक ऐन पनि पारित गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!