काठमाडौं । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वर्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे ।

Advertisement

अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए । उनीहरुले चामकल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए ।

सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए । तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन् ।

‘राहत दिने भनेर बोलाइयो, तर ५० रुपैयाँ तिर्नुपर्छ भनेर भने,’ सन्तोषले भने, ‘५० रुपैयाँ छैन भन्दा चामलै दिइएन । राहत पनि बाढीपीडितसँगै पैसा लिएर वितरण गर्ने गरेको पाइयो ।’ ५० रुपैयाँ खोजेर ल्याएपछि मात्रै चामल पाएको उनले सुनाए ।

बाढीले सबै कुरा बगाएपछि हरिबिजोग भएको सुनाउँदै घनश्यामले भने, ‘हामीसँग ५० रुपैयाँ कहाँबाट हुन्थ्यो ? घरमा भएको पैसासमेत बाढीले बगाउँदा साथमका केही पनि रहेन ।

छोराछोरी र परिवारका अन्य सदस्य भोकभोकै रहने अवस्था आउपछि ऋण खोजेर भएपनि चामल लिइयो ।’विराटनगर–४ की गीतादेवीले पनि राहत लिन जाँदा पैसा मागेको गुनासो गरिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!