काँग्रेसका नगर सभापति पवन खड्काको दुर्घटनामा मृत्यु

काँग्रेसका नगर सभापति पवन खड्काको दुर्घटनामा मृत्यु

झापा ।  मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरसभाको अधिवेशन भदौ ९ मा हुँने

धनकुटा नगरसभाको अधिवेशन भदौ ९ मा हुँने

धनकुटा। धनकुटा नगरसभाको अधिवेशन आगामी भदौ ९ गते हुँने भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा बसेको धनकुटा नगरकार्यपालिकाको तेस्रो बैठकले नगरसभाको मिति निर्धारण गरेको हो । यसअघि साउन ३१ गते नगरसभाको अधिवेशन गर्ने तयारी गरिएको भएपनि बिशेष कारणबस अधिवेशन सारिएको धनकुटा नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । उनका अनुसार बैठकले बिषयतग समितिहरुको सदस्यसचिव पनि तोकेको...
धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटा, ३२ साउन । नेपाल खेलकुद पत्रकार महासंघले चर्चित खेलाडीको रुपमा प्रदान गर्ने पल्सर अवार्डका लागि धनकुटाका खेलाडी सुजल श्रेष्ठलाई ‘भोटिङ’ गरेर जिताउन परिवार तथा समर्थकले आग्रह गरेका छन । हरेक वर्ष प्रदान गरिने उक्त अवार्डका लागि यस वर्ष चर्चित खेलाडीका रुपमा सुजल श्रेष्ठ ५ जनामा छनौट भएका छन । खेलाडी श्रेष्ठको परिवार तथा समर्थकहरुले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी सुजलका लागि म्यासेज ...
धनकुटा जिससमा एमालेको प्यानल निर्विरोध, चुवान भए प्रमुख

धनकुटा जिससमा एमालेको प्यानल निर्विरोध, चुवान भए प्रमुख

धनकुटा, ३२ साउन । जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलनै निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका टंकबहादुर चुवान निर्वाचित भएका छन । त्यस्तै उप–प्रमुखमा एमालेकै बंगलाकुमारी राई निर्वाचित भईन् । सदस्यहरुमा पनि एमालेकै शीव आङ्ला, ओङ्दा थिङ तामाङ, डागमकुमार राई, अम्बिका बुढाथोकी खड्का, आयुश्मा विश्वकर्मा र सीता राई निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी तथा सदस्यह...
दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

इलाम । इलामको राजदुवालीस्थित माइखोलामा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष रोहन आचार्य अझै फेला परेका छैनन् । माइखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका इलाम नगरपालिका–७ का ३३ वर्षीय आचार्यको खोजी तीव्र पारिए पनि नभेटिएको प्रहरीले जनाएको छ । बेपत्ता आचार्यको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका...
झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता

बनियानी।  झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ । रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२...
कञ्चनरुपमा एक व्यक्ति मृत फेला

कञ्चनरुपमा एक व्यक्ति मृत फेला

राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन् । स्थानीय ३२ वर्षीय धर्मेन्द्र मुखिया आफ्नै घरमा सुतिरहेको स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वी नेपालमा बिधुत सुचारु

पूर्वी नेपालमा बिधुत सुचारु

धनकुटा, ३२ साउन । तराईक्षेत्रको बाढी र डुवानका कारण पूर्वी नेपालमा अवरुद्ध भएको बिधुत सेवा पाँच दिन पछि सुचारु भएको छ । अविरल बर्षाका कारण दुहवी स्थित बिधुत ग्रिडमा पानी जमेपछि गत शुक्रबार साँझ देखिनै धनकुटासहित पूर्वी नेपालका १० जिल्लामा बिधुत सेवा बन्द भएको थियो । पानी पर्न छाडेपछि जमेको पानी सुकेकाले मंगलबार साँझबाट अधिकांस स्थानमा बिधुत सुचारु भएको दुहवी ग्रिडका प्रमुख अस्ताब आलमले संगालोख...
इटहरीमा अहिलेसम्मकै ठूलो बाढी: चार जनाको शव भेटियो, सयौ घर डुवानमा (फोटो फिचरसहित)

इटहरीमा अहिलेसम्मकै ठूलो बाढी: चार जनाको शव भेटियो, सयौ घर डुवानमा (फोटो फिचरसहित)

सुनसरी, २८ साउन । बाढीका कारण इटहरीमा डुवान भएको छ । वाढीमा चार जनाको शव भेटिएको छ । इटहरीका सय भन्दा बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ । सुनसरीको इटहरी उप-महानगरपलिका-४ स्थित बुढी खोलामा आएको बाढीले उप-महानगरपलिकामा रहेको गैरीगाउका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक,आपगाछी, साथिपुल, सुकुम्वासीटोल, सुनौलो टोल र डुमटक्का आसपासका बस्तिहरु डुबानमा परेका छन् । त्यस्तै दुहवी-४ महलहट्टीमा ...
महालक्ष्मी नगरपालिकाबाट पहिलो पटक नागरिकता प्रदान  

महालक्ष्मी नगरपालिकाबाट पहिलो पटक नागरिकता प्रदान  

धनकुटा, २७ साउन । नगरबासीलाई सहज रुपमा सेवा उपलब्ध गराउँने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाबाट शुक्रवार पहिलो पटक नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिले नगरबासीलाई नागरिकता प्रदान गरेका हुन । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले महालक्ष्मी नगरपालिका–७ की प्रतिज्ञा सुवेदीलाई पहिलो नागरिकता हस्तान्तरण गर्दै नागरिकता वित...
अनैतिक कृयाकलापमा संलग्न रहेको आरोपमा भेडेटारबाट ९ युवा–युवती पक्राउ

अनैतिक कृयाकलापमा संलग्न रहेको आरोपमा भेडेटारबाट ९ युवा–युवती पक्राउ

धनकुटा, २७ साउन । अनैतिक कृयाकलापमा संलग्न रहेको अभियोगमा धनकुटाको भेडेटारबाट प्रहरीले नौ जना युवा–युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार युवा र पाँच युवती छन । जसमध्ये दुई युवा भारतीय हुन । बीआर ०१ एभी १९०५ नम्बरको भारतीय गाडीमा उनीहरु भेडेटार आएका थिए । यौन कृयाकलापमा संलग्न रहेको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई ...
भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु

राजविराज।  सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ । स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले चिर्पट प्रहार गर्दा बल्खुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उ...
करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

लहान। करेन्ट लागेर आज दिउँसो सिरहाको मिर्चैया नगरपालिकामा एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर सप्तरीको खडक गाउँपालिका–११ घर भई मिर्चैया नगरपालिका–६ स्थित अशोककुमार झाको घरमा डेरा गरेर बस्ने २८ वर्षीय मृगेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरबाट पानी तान्ने क्रममा विद्युत् चुहिएर करेन्ट लागेर घाइते भएका साहलाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पत...
डा.केसीको समर्थनमा धनकुटाका डाक्टरको आन्दोलन: कालोपट्टी बाधेर अस्पताल बाहिरबाटै उपचार

डा.केसीको समर्थनमा धनकुटाका डाक्टरको आन्दोलन: कालोपट्टी बाधेर अस्पताल बाहिरबाटै उपचार

धनकुटा, २७ साउन । अनसनरत डा. गोबिन्द केसीको समर्थनमा धनकुटाका डाक्टरहरु पनि आन्दोलित भएका छन । केसीले उठाएका मागलाई समर्थन गर्दै उनीहरुले बिरोधका कार्यक्रम सुरु गरेका हुन । केसीले उठाएका मागलाई संबोधन गर्न दवाव स्वरुप धनकुटा अस्पतालका डाक्टरहरुले शुक्रबार कालोपट्टी बाधेर ओपिडी कक्ष बाहिरै बिरामीको उपचार गरिरहेका छन । डाक्टरहरुले अस्पताल परिषरमा बैकल्पिक ब्यवस्थापन गरेर बाहिरबाटै बिरामीको उ...
उर्लाबारीमा गेटले किचेर एकको मृत्यु

उर्लाबारीमा गेटले किचेर एकको मृत्यु

उर्लाबारी। फलामे गेटले किचेर आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् । विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्र गाडी पार्किङ गरेर फलामको स्लाइड गेट लगाउने क्रममा उक्त गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए । घाइते आचार्यको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिप्रका म...
तेह्रथुमको संक्रान्ति बजारमा पहिरो, २ घरमा क्षति

तेह्रथुमको संक्रान्ति बजारमा पहिरो, २ घरमा क्षति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । वर्षाकै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानक...
धनकुटा बहुमुखी क्याम्पसमा तालाबन्दी

धनकुटा बहुमुखी क्याम्पसमा तालाबन्दी

धनकुटा, २७ साउन । आंशिक प्राध्यापकहरुले धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी गरेका छन । त्रिभुवन विश्वबिद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुमा प्रध्यापनरत आंशिक शिक्षकहरुलाई करार सेवामा प्रवेश गराईनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले क्याम्पसमा ताला लगाएको हो । नेपाल आंशिक प्राध्यापक संघको देशब्यापी आन्दोलनको कार्यक्रम अनरुप धनकुटा बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको आंशिक प्रध्यापक संघ ध...
पाँचथरको फालेलुङमा पहिरो जाँदा ६ घर बगायो, एक बेपत्ता

पाँचथरको फालेलुङमा पहिरो जाँदा ६ घर बगायो, एक बेपत्ता

पाँचथर ।  पाँचथरको फालेलूङ्ग गाउँपालिका वडानम्बर १ चुक्पादिनमा पहिरोमा परि १ जना बेपत्ता भएका छन् । पहिरोले ६ वटा घर बगाएको छ भने एक करोड बढिको क्षती भएको छ । पहिरोले श्याम मगर, तिलचन बिक र मन कुमार बिकका दुई–दुई गरी ६ वटा घर बगाएको पीडितले बताएका छन् । पहिरोले अझै केही घर जोखिमा पारेको स्थानीय गजेन्द्र मोक्तानले बताएका छन् । यता जिल्ला प्हरी कार्यलय पाँचथरले घटनाबारे खवर आएपछि चरिभन्जयाङ प्रहरी...
एक साइकलयात्रीको ट्रकको ठक्करबाट मृत्यु

एक साइकलयात्रीको ट्रकको ठक्करबाट मृत्यु

मोरङ। मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन् । साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका च...
धनकुटाको सौरेमा पहिरो, भेडेटार–बुधबारे सडक अवरुद्ध

धनकुटाको सौरेमा पहिरो, भेडेटार–बुधबारे सडक अवरुद्ध

धनकुटा, २७ साउन । पहिरोका कारण धनकुटाको भेडेटार–छ नम्बर बुधबारे सडक अवरुद्ध भएको छ । चौबिसे गाउँपालिका–१ सौरे स्थित सडकमा गएराति पहिरोसँगै ठुलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि बिहान देखिनै उक्त सडकमा सवारी आवतजावत ठप्प भएको छ । नेपाली सेनासँग समन्वय गरेर सडक खुलाउँने पहल भईरहेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी ...
नदीमा पुरिएर बेपत्ता भएका यादव फेला परेनन्, खोजी जारी

नदीमा पुरिएर बेपत्ता भएका यादव फेला परेनन्, खोजी जारी

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ । पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधला...
दुई नम्बर प्रदेशको चुनावमा फोरम पहिलो पार्टी बन्ने उपेन्द्र यादवको दावी

दुई नम्बर प्रदेशको चुनावमा फोरम पहिलो पार्टी बन्ने उपेन्द्र यादवको दावी

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताए । संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनल यस्तो बताए । मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधे...
धनकुटामा विश्व आदिवासी दिवस मनाईयो (फोटो फिचरसहित)

धनकुटामा विश्व आदिवासी दिवस मनाईयो (फोटो फिचरसहित)

धनकुटा, २६ साउन । धनकुटामा बिहिबार बिभिन्न कार्यक्रम गरेर २३ औं विश्व आदिवासी दिवस मनाईएको छ । आदिवासी दिवस बुधबार परेको भएपनि रोपाईजात्राका कारण बिहिबार कार्यक्रम गरिएको जनजाति महासंघले जनाएको छ । दिवसको अवसरमा धनकुटा बजारमा साँस्कृतिक ¥याली र सम्मान कार्यक्रम गरिएको हो । बिभिन्न जातजातिको भेषभुषामा झाकीसहित मदनचौकबाट निश्किएको ¥यालीले हुलाकटोल, वीचबजार, भीमनारायण चौक, तल्लोकोप्चे, माथ्लोकोप्चे...
इलाममा सिँचाइ आयोजना सम्पन्न

इलाममा सिँचाइ आयोजना सम्पन्न

इलाम। आर्थिक वर्ष २०७३/७४ मा दुईवटा सिँचाइ आयोजना सम्पन्न भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालयले चमैता र देउमाई नगरपालिकाको क्याबुङमा ती आयोजना निर्माण गरेको हो । चमैतास्थित देउमाई सिँचाइ आयोजना र देउमाई नगरपालिकास्थित साब्जुङ–क्याबुङ सिँचाइ आयोजना निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । रु दुई करोड ५० लाखको लागतमा निर्मित देउमाई सिँचाइ आयोजनाबाट यहाँको एक सय पाँच...
सप्तरीमा सर्पको बिगबिगी, एकको मृत्यु

सप्तरीमा सर्पको बिगबिगी, एकको मृत्यु

राजविराज। सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पु¥याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । घरमा सुतिरहेका साहलाई विषालु सर्पले ...
धनकुटामा राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन

धनकुटामा राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन

धनकुटा, २६ साउन । धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन भएको छ । हिलेमा भएको भेलाले प्रकाश लिम्बुको अध्यक्षतामा १७ सदस्य साँस्कृतिक मञ्च गठन गरेको १ नम्बर प्रदेश संयोजक लाक्पा तामाङले जानकारी दिए । नव गठित समितिको उपाध्यक्षमा किसान घिसिङ, सचिवमा भुपेन्द्र तामाङ र सह–सचिवमा दिपेश कुमार राई चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा अमुल राई, बसन्त ताम...
झापामा क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

झापामा क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

झापा । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र आव २०७०÷०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख ...
धनकुटामा यसरी मनाईयो रोपाईजात्रा (भिडियोसहित)    

धनकुटामा यसरी मनाईयो रोपाईजात्रा (भिडियोसहित)    

धनकुटा, २५ साउन । धनकुटामा पनि बुधबार रोपाईजात्रा पर्व मनाईएको छ । जिल्ला सदरमुकाममा नेवार समुदायले हर्सोउल्लासपूर्वक यो पर्व मनाएका हुन । रोपाईजात्रामा महिलाले परुषको पोषाक र पुरुषले महिलाको पोषाक लगाएर निश्किएका थिए ।  अनुहार नचिनिने गरी बिभिन्न रंग दलेर नेवार समुदायका बालबालिका देखि युवा युवतीले बजारका बिभिन्न भागको परिक्रमा गरेका हुन । गोरु जोतेको र धान रोपेको अभिनय गर्दै रोपाई जात्रा मनाईएक...
मुलघाटमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

मुलघाटमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

धनकुटा, २५ साउन । धनकुटाको मुलघाटमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएका छन । धनकुटाबाट धरान तर्फ जाँदै गरेको वा.७५ प.९४ नम्बरको मोटरसाईकलको ठक्करबाट खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका–१ का १० बर्षीय सोनु राई घाईते भएका हुन । धनकुटा नगरपालिका–९ मुलघाटमा सडक पार गर्ने क्रममा वालकलाई मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट वालकको वाँया खुट्टा भाचिएको छ । उनलाई उपचार...
घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

तेह्रथुम। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ । खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम...
मृत तीन बालबालिकाको अनुसन्धान अझै टुंगिएन

मृत तीन बालबालिकाको अनुसन्धान अझै टुंगिएन

भोजपुर। गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो । अहिले केन्द्रीय अनुसन्धान ब्यु...
error: Content is protected !!