रबिन कटेल/संगालोखबर

धनकुटा, ५ भदौ । धनकुटा बजारको दियालो गेष्ट हाउसमा गएराति चोरी भएको छ । धनकुटा नगरपालिका–७ मदनचौकमा रहेको उक्त गेष्ट हाउसबाट करिव ७३ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

Advertisement

होटल सञ्चालक सोवित श्रेष्ठका अनुसार आईतबार दिउँसो काम खोज्दै एक युवक आएका थिए । नाम केवल कडरिया र घर ईलाम बताउँने करिव २५ बर्षीय युवाले होटलमा रोजगारी दिन आग्रह गरेपछि परिक्षणका लागि उनलाई काम गर्न दिईएको थियो ।

सोही दिनको राति आफु सुतेपछि बाहिरबाट कोठामा चुकुल लगाएर चोरी गरी रातिनै फरार भएको होटल सञ्चालक श्रेष्ठले बताए ।

‘राती होटलको सवै काम सकेर हामी सुतेपछि कोठामा बाहिरबाट चुकुल लगाईदिएको रहेछ ।’ होटल सञ्चालक श्रेष्ठले संगालोखबरसँग भने ‘राती हामीलाई थाहै भएन, बिहान ढोका फुटाएर बाहिर निश्किदा त सवै चोरेर रातीनै भागिसकेको रहेछ ।’

होटलमा रहेको वाकस फुटाएर ७३ हजार नगदसहित रिचार्जकार्ड लगायत चोरी भएको सञ्चालक श्रेष्ठले जानकारी दिएका छन ।

घटनाको प्रकृति हेर्दा ती युवक पेसेवर चोर रहेको अनुमान गरिएको होटल सञ्चालकका वुवा मिनकुमार श्रेष्ठले बताए ।

‘दुःख पाएको मान्छे जस्तो लागेर विश्वास मानी काम गर्न दिएका थियौ ।’ पश्चाताप मान्दै श्रेष्ठले भने ‘पेसेवर चोर रहेछ, विश्वास मानेर दया गर्दा उल्टै डुवाएर गयो ।’

घटनाको बिषयमा अनुसन्धान गरेर चोरीमा संलग्नको खोजी भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताएका छन ।

चोरीसँग सम्बन्धित तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!