धनकुटामा राप्रपाले वाम गठबन्धनलाई सघाउने
धनकुटा, ७ मंसिर । धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई सघाउने भएको छ । संयुक्त वाम गठबन्धन र राप्रपाले विहिवार संयुक्त पत्रकार भेलागरी सो जानकारी दिएको हो ।
देशव्यापी रुपमा राष्ट्रवादी एकता र चुनावी तालमेल प्रक्रिया अन्तर्गत सहकार्य गरिएको पत्रकार भेलामा जानकारी दिइएकोे छ । राप्रपा अध्यक्ष बालानन्द भुर्तेल, संयुक्त वाम गठबन्धनका तर्फबाट म...





















