धनकुटामा निर्वाचनका लागि कर्मचारी खटाउन गोलाप्रथा 

धनकुटामा निर्वाचनका लागि कर्मचारी खटाउन गोलाप्रथा 

धनकुटा, ७ मंसिर । कर्मचारीहरु साना बाकसबाट स-साना कागजका टुक्रा टिप्दै अगाडी बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउ‘दै थिए । झट्ट नियाल्दा गोला तान्ने खेल झै दृश्य देखिन्थ्यो । तर, उक्त कार्य सामान्य नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्धेश्यले धनकुटामा गोला प्रथा विधि अपनाईएको हो । मुख्य निर्वाचन अध...
प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त

प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त

धनकुटा, ७ मंसिर । प्रदेश नम्बर १ को राजधानी दावी गर्दै आएका पूर्वका मुख्य चार शहरमा भौतिक संरचनाको अवस्था अध्ययन गर्दा प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त देखिएको छ । प्रदेशको अस्थायी राजधानी राख्न धनकुटा, बिराटनगर, ईटहरी र धरानमा भौतिक संरचनाको अवस्था अध्ययन गरिएको थियो । अध्ययनबाट प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुँने भएकाले धनकुटा उपयुक्त देखिएको हो । शहरी विका...
‘ग्यास लिक’ भएर आगलागी हुँदा घर जलेर नष्ट

‘ग्यास लिक’ भएर आगलागी हुँदा घर जलेर नष्ट

धनकुटा, ६ मंसिर । धनकुटामा आज साँझ आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । धनकुटा–७ मितेरी टोलका किरण तुम्सा लिम्बुको घरमा खाना पकाउँने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । घर जलेर नष्ट हुँदा करिव ६ लाख बरावरको क्षति भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । आगलागीबाट लत्ताकपडा, अन्न लगायत घर भित्र भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन । साँझ क...
तेह्रथुमको सक्रान्ति बजारमा नेता बिमलीले भने-महिलालाई जिताएर अधिकार स्थापित गर्नुस्

तेह्रथुमको सक्रान्ति बजारमा नेता बिमलीले भने-महिलालाई जिताएर अधिकार स्थापित गर्नुस्

तेह्रथुम, ६ मंसिर । नेपाली कांग्रेसका नेता तथा पुर्वंसांसद गणेश विमलीले महिला अधिकारको सुनिश्चितताका लागि संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रहेको बताउनुभएको छ । जिल्लामा महिला अधिकारको क्षेत्रमा वर्षौदेखि गतिविधि भएको भन्दै उहाँले सबै महिला अधिकारकर्मीहरु एकजुट भएर अब महिलाका अधिकार स्थापित गर्न महिलालाई जिताएर पठाउनुपर्ने बेला भएको बताउनुभयो । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा...
इलाममा ट्रकको ठक्करवाट दुईको मृत्यु

इलाममा ट्रकको ठक्करवाट दुईको मृत्यु

इलाम, ६ मंसिर । सूर्याेदय नगरपालिका–१० फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तनहुँको व्यास नगरपालिका–१ का मोटरसाइकल चालक ३५ वर्षे सरोज पौडेल र मोटरसाइकलमा पछाडि सवार इलाम चमैताकी २४ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाबाट इलाम आउँदै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको मे १ ख...
धनकुटा अस्पतालमा अनलाईन प्रविधिको प्रयोग

धनकुटा अस्पतालमा अनलाईन प्रविधिको प्रयोग

धनकुटा, ६ मंसिर । धनकुटा जिल्ला अस्पतालमा अनलाईन जन्म प्रतिवेदन ब्यवस्थापन प्रणाली सुरु भएको छ । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा.महेश प्रसाद खनाल र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो सेवाको उद्घाटन गरेका हुन । सेवा सुरु भएपछि अव जिल्ला अस्पतालमा जन्मिने बच्चाको अनलाईनमा रेकर्ड रहनेछ । रेकर्ड राखिएपछि त्यसको दर्ता नम्बर मार्फत जन्मदर्ता लगायत अन्य प्रयो...
बाम गठबन्धनका नेताले भने ‘गलत मान्छेले जितेमा पछुताउँनु पर्छ, वेलैमा सचेत हुनुस्’ 

बाम गठबन्धनका नेताले भने ‘गलत मान्छेले जितेमा पछुताउँनु पर्छ, वेलैमा सचेत हुनुस्’ 

धनकुटा, ५ मंसिर । धनकुटाको मौनावुधुकमा मंगलबार भएको सभालाई संबोधन गर्दै बाम गठबन्धनका नेताहरुले निर्वाचनमा सोच विचार गरेमा मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन । क्षणिक आश्वासनमा परेर गलत मान्छेलाई भोट दिएमा पछि पछुताउँनुको विकल्प नहुँने भन्दै उनीहरुले मतदान गर्नभन्दा अघि उम्मेद्वारको मुल्यांकन गर्न आग्रह गरेका हुन । लोकतन्त्रको माग गर्दा भीमनारायण श्रेष्ठ र छिन्ताङ्गका सर्वसाधरणलाई निर्ममता...
पूर्वी पहाडी जिल्लाका सहरमा पर्यटक आकर्षित गर्न लसुनदेखि बन्दागोभीसम्मका स्तम्भ

पूर्वी पहाडी जिल्लाका सहरमा पर्यटक आकर्षित गर्न लसुनदेखि बन्दागोभीसम्मका स्तम्भ

तेह्रथुम, ५ मंसिर । पूर्वका पहाडी शहरहरुमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरु निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् । पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको बसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यस...
टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

राजविराज, ५ मंसिर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए। कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्...
भ्रस्ट्र कर्मचारीलाई जेल हाल्छु भन्ने मेयर आफै अख्तियारको फन्दामा

भ्रस्ट्र कर्मचारीलाई जेल हाल्छु भन्ने मेयर आफै अख्तियारको फन्दामा

इटहरी, ५ मंसिर । स्थानीय निर्वाचनमा बिजयी भएको पर्सीपल्टै एक सार्वजनीक कार्यक्रममा इटहरी उपमहानगरपालिका भित्र भ्रस्ट कर्मचारी भेटीए तुरून्तै जेल हाल्छु भनेर उदघोष गरेका मेयर द्वारीकलाल चौधरी अहिले आफै लाखौ रकम अनियमितता भएको बिषयमा मुछिएका छन । उपमहानगरले गत साउन १ गते देखी कार्तिक ७ गते सम्म खरिद गरेको सिएफएल बल्बमा लाखौ अनियमिता भएको आरोपसहित मेयर चौधरी मुछिएका हुन । मेयर चौधरी लगायतका कर्मच...
तेह्रथुममा बाम गठवन्धनको चुनाव प्रचार प्रसारलाई तिव्रता

तेह्रथुममा बाम गठवन्धनको चुनाव प्रचार प्रसारलाई तिव्रता

तेह्रथुम, ५ मंसिर । तेह्रथुममा बाम गठवन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठवन्धनलाई जिताउनुका लागि उम्मेदवारहरु संगठन, परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् । जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म गठवन्धनका सबै संगठन समितिहरु निर्माण गर्दे चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको चुनाव परिचालन कमिटि संय...
चुनावको मुखैमा भोजपुर सहित ४ जिल्लाका सिडिओको रातारात सरुवा

चुनावको मुखैमा भोजपुर सहित ४ जिल्लाका सिडिओको रातारात सरुवा

काठमाडौं, ५ मंसिर । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ । कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा शुरु गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको छ । गृहमन्त्रालयको कार्यभा...
सिरहामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सिरहामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सिरहा, ५ मंसिर । सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले बतायो । मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् । ३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो । खुकुरी प्...
धनकुटामा मानव अधिकार सूचक सर्वेक्षणः स्वास्थ्य, शिक्षा र बाल अधिकारमा प्राथमिकता

धनकुटामा मानव अधिकार सूचक सर्वेक्षणः स्वास्थ्य, शिक्षा र बाल अधिकारमा प्राथमिकता

धनकुटा, ४ मंसिर । मानव अधिकारका विभिन्न सूचक मध्ये नागरिकले स्वास्थ्य, शिक्षा र बालअधिकारका बिषयमा सर्वाधिक चासो लिने गरेको एक सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले धनकुटामा गरेको प्राथमिकता निर्धारण सर्वेक्षणमा यस्तो पाईएको हो । आयोगले विभिन्न ११ प्रकारका मानव अधिकारका सवालमा लिएको प्राथमिकता निर्धारण सर्वेक्षणमा स्वास्थ्य अधिकारमा सर्वाधिक मत परेक...
यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

इलाम, ४ मंसिर । हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ। यही मंसिर १० गते देशका हिमाली तथा उच्चपहाडी ३२ जिल्ला र बाँकीमा मंसिर २१ गते एकैदिन ...
इलाम दूधमा आत्मनिर्भर

इलाम दूधमा आत्मनिर्भर

इलाम, ४ मंसिर । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो । जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले रु चार अर्ब ७० करोड छ लाख आम्दान...
तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

बिराटनगर, ३ मंसिर । चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् । नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् । उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि ...
इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

इलाम, ४ मंसिर । जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। नयाँबजारस्थित प्रहरीका अनुसार आइतबार साँझ उनलाई मदिरा पिएर सडकमा सुतिरहेको देखेपछि स्थानीयले मजदुर बस्ने स्थानीय एक घरमा लगेर सुताएका थिए ...
इटहरीमा एम्बुलेन्सको ठक्करबाट तीनको मृत्यु

इटहरीमा एम्बुलेन्सको ठक्करबाट तीनको मृत्यु

इटहरी, ४ मंसिर । कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को १ च ७००९ नम्बरको एम्बुलेन्सले को २२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी क...
तेह्रथुममा माओवादी छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को

तेह्रथुममा माओवादी छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को

तेह्रथुम, ४ मंसिर । तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय बढी...
गाँजा फडानी पहाडी क्षेत्रमा शुरु

गाँजा फडानी पहाडी क्षेत्रमा शुरु

गाईघाट, ४ मंसिर । उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहितको नेतृत्व र सहभागितामा सो क्षेत्रका अवैध गाँजा फँडानी कार्य शुरु गरेको बताइएको छ । शनि...
झापाबाट नेकपाका तिन कार्यकर्ता पक्राउ

झापाबाट नेकपाका तिन कार्यकर्ता पक्राउ

झापा, ४ मंसिर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जनाकारी दिनुभयो । प्रहरी उपरीक्षक केशीका अनुसार कनकाई नगरपालिक...
धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्टको रौनकः को-को पुगे पाँचौ चरणमा (नामावली/भिडियोसहित)

धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्टको रौनकः को-को पुगे पाँचौ चरणमा (नामावली/भिडियोसहित)

धनकुटा, ३ मंसिर । धनकुटा सदरमुकाममा सम्पन्न पूर्वाञ्चल गट ट्यालेन्टको चौथो चरणबाट ३० जना छनौट भएका छन । स्थानीय तल्लो डुडिखेलमा भएको चौथो छनौट चरण पार गर्दै उनीहरु पाँचौ चरण प्रवेश गरेका हुन । चौथो चरण पुगेका ४५ जना प्रतियोगिहरुमध्येबाट १५ जना बिहिरिएका छन । अव पाँचौ छनौट चरण आगामी मंसिर १६ गते हुँने प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । कला सस्कृतिको जर्गेना गर्ने उ...
धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल ...
धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटा, ३ मंसिर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा–६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा–१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई आज दिउँसो र मगरलाई हिजो साँझ पक्राउ गरिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या १० प...
पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथर,३ मंसिर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् । त्यस्तै सोही गाउँपालिका–५ का जितबहादु...
धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन, संगालोखबरले लाइभ गर्ने

धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन, संगालोखबरले लाइभ गर्ने

धनकुटा, २ मंसिर । धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन हुँदैछ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टर धनकुटाले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो । यो चरण प्रवेश गरेका ४५ जना मध्येबाट आज २० जना छनौट हुँने ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ ...
निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ

निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ

काठमाण्डौ, २ मंसिर । विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न २ सय जनालाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ । उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको भन्दै निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ परेको गृह प्रवक्ता नारायण प्रसाद शर्माले जानकारी दिनुभयो । सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक प...
आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए ।  विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । वाम गठबन्धनको चुनावीसभामा न...
आठराई गाउँपालिकाको बजेट ३२ करोड

आठराई गाउँपालिकाको बजेट ३२ करोड

तेह्रथुम, २ मंसिर । आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । आव २०७४÷७५ का लागि  ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आव...
निर्वाचन अवस्थाबारे प्रदेश नं.१ स्तरिय गम्भीर बैठक

निर्वाचन अवस्थाबारे प्रदेश नं.१ स्तरिय गम्भीर बैठक

धनकुटा, २ मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै सनिवार प्रदेश नम्बर १ स्तरिय सुरक्षा बैठक बिराटनगरमा बस्दैछ । वैठकमा प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका सन्दर्भमा १ नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थामा केन्द्रित हुने मोरङका ...
error: Content is protected !!