|
काठमाण्डौ, २ मंसिर । विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न २ सय जनालाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ । उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको भन्दै निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ परेको गृह प्रवक्ता नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।
सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक परेको खण्डमा सेनालाईसमेत आवश्यक जाचको जिम्मा दिएको छ । निर्वाचन क्षेत्रको सुरक्षा विश्लेषण गरि सेनाले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्ने प्रवक्ता शर्माको भनाई छ । यो संगै जिल्ला सुरक्षा समितिलाई पनि बढी सर्तकता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ ।
प्रदेश र प्रतिनीधिसभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न जिल्लामा उम्मेदवार लक्षित बिस्फोटनका घटना बृद्धि भएको छ । घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको संलग्नता रहेको भनिएपनि पक्राउ परेकाहरु सो पार्टीको भए वा नभएको बारेमा भने गृहमन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन ।
यो पनि पढ्नुहोस्…धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, आज पनि दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो |












