गाईघाट, ४ मंसिर । उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहितको नेतृत्व र सहभागितामा सो क्षेत्रका अवैध गाँजा फँडानी कार्य शुरु गरेको बताइएको छ ।

शनिबारदेखि ७० भन्दा बढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी शक्तिको उपस्थितिमा सो क्षेत्रमा व्यापक रुपमा गाँजा फँडानी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टले बताए ।

सो क्षेत्रमा वर्षेनी अवैध रुपमा गाँजा खेती हुँदै आएको र यस वर्ष पनि धेरै स्थानमा गाँजा खेती रहेको कारण अवैध गाँजा नष्ट गर्न प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!