इटहरी, ५ मंसिर । स्थानीय निर्वाचनमा बिजयी भएको पर्सीपल्टै एक सार्वजनीक कार्यक्रममा इटहरी उपमहानगरपालिका भित्र भ्रस्ट कर्मचारी भेटीए तुरून्तै जेल हाल्छु भनेर उदघोष गरेका मेयर द्वारीकलाल चौधरी अहिले आफै लाखौ रकम अनियमितता भएको बिषयमा मुछिएका छन ।

Advertisement

उपमहानगरले गत साउन १ गते देखी कार्तिक ७ गते सम्म खरिद गरेको सिएफएल बल्बमा लाखौ अनियमिता भएको आरोपसहित मेयर चौधरी मुछिएका हुन ।

मेयर चौधरी लगायतका कर्मचारीहरू माथी बिना टेण्डर सिएफएल बल्ब खरिद गरी लाखौ रकम अनियमितता गरेको आरोप छ ।चाडबाडको समयमा इटहरी उपमहानगरले सडक बत्ती जडान गर्नका निमित्त सिएफएलका ८५, ६५, ४५, ३० र १५ वाट (पावर क्षमता) का बल्ब तथा सेटहरूको खरिद गरेको थियो ।

सरकारी निकायले ५ लाख भन्दा माथीको कुनै सामान खरिद गर्नुपर्ने भए अनिवार्य टेण्डर आवहान गरि खरिद गर्नुपर्छ तर उपमहानगरले सोझै सो कानुनको धज्जी उडाउदै बजारमा प्रचलित मुल्य भन्दा दोब्बर मुल्यमा उक्त बल्बहरू खरीद गरेपछि लाखौ अनियमितताको भएको रहस्य खुलेको थियो ।

चाडपर्वको समयमा अति आवस्यक परेको हुदा हतारमा टेन्डर आवहान बिनै सो बल्वहरू खरीद गरीएको इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीको तर्क छ ।

बल्व खरिदमा ६० लाख भन्दा बढी अनियमितता भएको रहस्य सार्वजनिक भएपछि सबै निकाय देखि अख्तियार समेतको ध्यान उपमहानगरमा खिचिएको छ । बजारमा प्रचलित मूल्यभन्दा धेरै मूल्यमा बिनाटेन्डर सिएफएल खरिद गरिएको भन्दै इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरी सहित अन्य जिम्मेवार कर्मचारीहरू बिरूद्ध अख्तियार दुरूपयोग अनुशन्धान आयोगमा उजुरी परेको छ ।

इटहरी स्थित ट्विटेरीयन सोसाइटीका अध्यक्ष हिरा आचार्यले अघिल्लो बर्षदेखि खरिद गरीएको बल्वको सम्पुर्ण हिशाब किताब सार्वजनिक हुनुपर्ने , बिल , भौचर लगायत आवस्यक कागजात पारदर्शिता हुनुपर्ने माग राख्दै अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय इटहरीमा उजुरी दर्ता गराएका छन ।

त्यस्तै इटहरी–४ का रन्जन भट्टराई र सुनील कार्कीले पनि उपमहानगर भित्र भएको बल्ब खरिद बाहेक अन्य निर्माण सामग्री तथा जिन्सी खरीदमा भएको भ्रस्ट्रचारको छानबिन गरीपाउ भन्दै उजुरी दिएका छन ।

अख्तियार दुरूपयोग अनुशन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख कालि प्रशाद रिजालसंग सम्पर्क गर्दा उनले कार्यालय बाहिर रहेको कारण सम्पुर्ण बिवरण डिएसपी मुकुन्द रिजालसंग लिन आग्रह गरे ।

यसै सम्बन्धमा अख्तियार पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीका डिएसपी रिजालसंग सम्पर्क गर्दा उनले उपमहानगर बिरूद्ध अहिले सम्म ६ वटा उजुरी परीसकेको बताए ।

डिएसपी रिजालका अनुसार उपमहानगरले सामान खरिदमा भ्रस्ट्रचार गरेको भन्दै तिन वटा बेनामे र सत्य तथ्य छानविन गरिपाउ भन्दै नाम किटान गरी तिन जनाले उजुरी दिएको र उनिहरूको उजुरी अख्तियारमा बिधिवत दर्ता पनि भैसकेको जनाए । उपमहानगर भित्र भएको भ्रस्ट्रचारको बिषयमा अख्तियारले अनुशन्धान सुरू गर्ने डिएसपी रिजालले बताए ।

को को परे अख्तियारको छानविनमा  ?

चाडपर्वको समयमा इटहरीमा सडक बत्ती जडान गर्न उपमहानगरले बिना टेन्डर खरिद गरेको ८५, ६५, ४५, ३५, ३० र १५ वाट क्षमताका सिएफएल बल्ब र सेटको बिषयमा परेको उजुरीको आधार अनुसार त्यो बेलाका जिन्सी अधिकृत , लेखा अधिकृत , इटहरी उपमहानगरका मेयर तथा उपमेयर समेत अख्तियारको छानविनको दायरामा परेका छन ।

बिना टेन्डर बल्ब खरिद गर्ने अनुमति दिने मेयर द्वारिकलाल चौधरी , मेयर र कर्मचारीको पक्षमा लागेर सहमती जनाउने उपमेयर र बिभिन्न फाटमा कार्यरत प्रमुखहरू छानविनको घेरामा परेका छन ।

बिनाटेन्डर स्वीकृत गर्ने मेयर द्वारीकलाल चौधरी , सिएफएल खरिद हुँदा सो समयमा शाखा प्रमुख रहेका मनोज दाहाल, लेखाप्रमुख लखन चौधरी र उपमेयर लक्षमी गौतम समेत छानविनको घेरामा परेका हुन । त्यस्तै उपमहानगरकै वरिस्ठ इञ्जिनियर अर्जुन दहाल पनि बयानकालागि अख्तियारमा तानिने भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!