संगालोखबर सम्वाददाता

धनकुटा, ३ मंसिर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा–६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा–१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भण्डारीलाई आज दिउँसो र मगरलाई हिजो साँझ पक्राउ गरिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन ।

योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या १० पुगेको छ । जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित १० जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!