संगालोखबर सम्वाददाता

धरान, ७ म‌सिर । सुनसरीमा बिहिबारसाँझ अज्ञात समुहले उम्मेदवारको घरमा बम विस्फोट गराएको छ । बामगठबन्धनबाट सुनसरी १ बाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा विस्फोट गराईएको हो ।

बिहीबार साँझ करिव ६ बजे अज्ञात समूहले बम फालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

बम विस्फोट भए पनि मानवीय र भौतिक क्षति नभएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताएका छन ।

बमले पर्खालमा सामान्य क्षति पुगेको छ । बम फाल्ने समूहको खोजी भइरहेको डिएसपी पौडेलले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!