इलाम, ४ मंसिर । जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

नयाँबजारस्थित प्रहरीका अनुसार आइतबार साँझ उनलाई मदिरा पिएर सडकमा सुतिरहेको देखेपछि स्थानीयले मजदुर बस्ने स्थानीय एक घरमा लगेर सुताएका थिए ।

‘बिहानको राति घरका अन्य मजदुरले रानामगरलाई त्यही घरको सिँढीमा मृत फेला पारेको जानकारी आएको छ,’ नयाँबजार प्रहरी चौकीका सई सोमप्रसाद दुलालले सोमबार भने, ‘हिजो पनि उनले मदिरा पिएको, अन्य साथीहरूसँग कुटाकुटसमेत भएकोजस्ता सूचना सर्वसाधारणबाट आएका छन्।’

प्रहरीले घरमा सुतेकालगायत सडकमा काम गर्ने करिब ३२ मजदुरलाई नियन्त्रणमा लिएको छ । ‘मृतकको शरीरमा चोटहरू त देखिएको छैन तर घटना शंकास्पद रहेकाले सबैलाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौं,’ सई दुलालले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!