- संगालोखबर सम्वाददाता

धनकुटा, ६ मंसिर । धनकुटा जिल्ला अस्पतालमा अनलाईन जन्म प्रतिवेदन ब्यवस्थापन प्रणाली सुरु भएको छ । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा.महेश प्रसाद खनाल र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो सेवाको उद्घाटन गरेका हुन ।

सेवा सुरु भएपछि अव जिल्ला अस्पतालमा जन्मिने बच्चाको अनलाईनमा रेकर्ड रहनेछ । रेकर्ड राखिएपछि त्यसको दर्ता नम्बर मार्फत जन्मदर्ता लगायत अन्य प्रयोजनका लागि पनि सहज हुँने धनकुटा अस्पतालका प्रमुख डा.फणिन्द्र प्रसाद वरालले जानकारी दिएका छन् ।

Advertisement
अनलाईन जन्म प्रतिवेदन ब्यवस्थापन प्रणाली उद्घाटन कार्यक्रम । तस्वीर : संगालोखबर

कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा.खनालले प्रबिधिको विकाससँगै अनलाईन जन्म प्रतिवेदन ब्यवस्थापन महत्वपूर्ण काम भएकाले यसको सहजतालाई ध्यानमा राखी अन्य अस्पताल र स्वास्थ्य सस्थामा पनि विस्तार गरिनुपर्ने आवश्यकता औल्याएका छन ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले अस्पताल प्रमुख र ब्यावस्थापन समिति अध्यक्षको सक्रियताले धनकुटा अस्पतालमा धेरै सुधार भईरहेको भन्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिन सुझाव दिए ।

यता धनकुटा नगरपालिकाका प्रमुख तामाङले नगरसँगको सहकार्यमा सुरु गरिएको यो काम उपयोगी भएको तर्क गर्दै धनकुटा अस्पताललाई अझै ब्यवस्थित गर्दै सर्वसाधरणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुनिलकुमार डंगोलले अस्पताललाई ब्यवस्थित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँने दावी गरेका छन । धनकुटा अस्पतालमा जन्मिएका ७ जनाको अनलाईन रेकर्ड राखिसकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!