धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेको संख्या ८ पुग्यो
धनकुटा, २ मंसिर । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रीवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई सादा पोशाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका–३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारी...


















