तेह्रथुम, ५ मंसिर । तेह्रथुममा बाम गठवन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठवन्धनलाई जिताउनुका लागि उम्मेदवारहरु संगठन, परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् ।
जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म गठवन्धनका सबै संगठन समितिहरु निर्माण गर्दे चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको चुनाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिनले बताउनुभयो ।
निर्वाचन प्रचार प्रशारको क्रममा तेह्रथुमको फेदाप गाउपालिका ओयाक्जुङ्गको मेहेलेमा आज बाम गठवन्धनको संयुक्त चुनावी सभा सम्पन्न भएको छ ।
सभामा नेकपा एमालेका केन्द्रिय सदस्य डा विजय शुब्वाले नेपाली काग्रेसले जनतालाई झुक्याएर सासन गर्ने समय समाप्त भएको बताउदै सुर्य चिन्हमा मतदान गर्न सवैलाई आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य शुब्वाले समतामुलक समृद्धि वाम गठवन्धनबाट सम्भव भएको बताउनुभयो ।प्रत्यक्ष तर्फका उम्मेदवार भवानी खापुङ्गले बाम गठवन्धनको जितले मात्र फेदापमा विकासको लहर ल्याउने बताउदै सुर्य चिन्हमा भोट दिई अध्याधिक मतले विजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा चुनाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिन, फेदाप गाउँपालिकाका अध्यक्ष हरी चोङ्गवाङ्ग, उपाध्यक्ष गीता थापा, एमालेका किशोरचन्द्र दुलाल, विष्णुमाया विक, गोविन्दराज श्रेष्ठ, छत्र रिमाल, राम तिम्सिना, माओवादी केन्द्रका तारा भट्टराई, टिका लिम्वु, शिव पयाङ्गु, शिव कुरुङ्गवाङ्ग, केशर तामाङ्गले बाम गठवन्धनको जितले मात्र तेह्रथुममा आमुल परिर्वन हुने बताउनुभयो ।
यसै गरि तेह्रथुमको छथर गाउपालिका दागपामा वाम गठवन्धनको संयुक्त चुनावी भेला आज सम्पन्न भएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनलाई लक्षीत गरी बाम गठवन्धनले प्रतिनिधी सभा र प्रदेश सभाका उमेदवार सहितको संयुक्त भेला गरेको हो ।
भेलालाई प्रदेशसभा क्ष्ोत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीले बाम गठवन्धनको जीत भएमा राजनीतिक स्थायित्व, संविधानसभा कार्यान्वयन गर्दै जिल्लामा भएका कृषि, पर्यटन प्रवद्धन, पुर्वाधार, स्थानीय स्रोत साधनको उपयोग गरि जिल्लालाई नमुना जिल्ला बनाउने बताउनुभयो ।
उम्मेदवार तिवारीले शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटो निर्माण गरि छथर क्षेत्रमा आमुल परीवर्तन गर्ने योजनामा रहेको बताउदै आफूलाई सुर्य चिन्हमा भोट दिई जिताउन अनुरोध गर्नुभयो ।
प्रदेशसभाका समानुपातिक उमेदवार अनुभुतीबम नेपाली, म्याङलुङ्ग नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे, छथर गाउपालिकाका अध्यक्ष सन्तोष तिगेला, उपाध्यक्ष तारा ढकाल, एमालेका धर्म खुलाल, गोपाल दाहाल, माओवादी केन्द्रका संयोजक ईन्द्र ईङसुङले बाम गठवन्धनको जितले मात्र महिला, दलित, जनजाती, अल्पसंख्यकका मुद्धा समिटिने बताउनुृभयो ।
यसै गरि तेह्रथुमको आठराई गाउँपालिका छातेढुङ्गामा बाम गठवन्धनले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्वर २ का उम्मेदवार तेजमान कन्दङ्गवा, प्रतिनिधि सभा समानुपातिक उमेदवार सुसिला कन्दङ्गवाले बाम गठवन्धनको जितले मात्र सवै जातजाती, भाषा, धर्म र सस्कृति प्रति सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा एमालेका बाबुराम थापा, भिम घिमिरे लगायतले सुसासन र सदाचारको लागि बाम गठवन्धनको जीत आवश्यक रहेको बताउनुभयो ।