- संगालोखबर सम्वाददाता

धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल बिद्युत आयोजनाको संस्थापक सेयरको बारेमा समेत स्थानीयलाई जानकारी गराइएको छ ।

आयोजनाका फण्ड मेनेजर श्याम खड्का र शेयर सल्लाहकार भक्तराज रसाईलीले दोर्दी खोला जल बिद्युत आयोजना र शेयरको बारेमा जानकारी दिएका थिए ।

लमजुङ्गको दोर्दीखोला गाँउपालिकामा निर्माण गर्न लागिएको १२ मेगावाटको सो आयोजना दुई अर्ब २९ करोडको लगानीमा आउँदो २०७६ साल मंसिर महिना सम्ममा सम्पन्न हुने जनाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!