- संगालोखबर सम्वाददाता

धनकुटा, ७ मंसिर । कर्मचारीहरु साना बाकसबाट स-साना कागजका टुक्रा टिप्दै अगाडी बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउ‘दै थिए । झट्ट नियाल्दा गोला तान्ने खेल झै दृश्य देखिन्थ्यो । तर, उक्त कार्य सामान्य नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्धेश्यले धनकुटामा गोला प्रथा विधि अपनाईएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षिय रोहवरमा विहिवार गोला प्रथाबाट मतदान केन्द्रमा खटाईने कर्मचारीको टुंगो लगाएको छ ।  विगतका निर्वाचनमा कर्मचारी खटाउ‘दा विभेद गरिएको गुनासो बढेसंगै निर्वाचन आयोगले संयम अपनाएर निष्पक्ष विधिको रुपमा गोला प्रथा गराउने निर्देशन गरेको छ ।

Advertisement

धनकुटामा आगामी दोस्रो चरणमा हुने निर्वाचनका १८ गतेसम्म सबै मतदान केन्द्रमा कर्मचारी खटाइने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले संगालोखबरलाई जानकारी दिए । पोखरेलले भने, ‘निर्वाचनमा खटाउ‘दा निष्पक्ष विधिको रुपमा गोलाप्रथा गरिएको हो ।’

धनकुटामा निर्वाचनका लागि गोलाप्रथाद्धारा कर्मचारी छानिदै । तस्वीर : रबिन कटेल/ संगालोखबर

कर्मचारीहरु पनि गोलाप्रथालाई खुसीको रुपमा स्वीकार गर्छन् । निर्वाचनमा खटिने तयारी रहेका हरि रिजालले गोलाप्रथा निष्पक्ष विधि रहेको बताउ‘छन् । जिल्लामा १ सय ५३ मतदान केन्द्र कायम छ । ति केन्द्रमा १ हजार २ सय १४ जना सरकारी कर्मचारी खटाइने छ ।

मतदान केन्द्रमा खट्ने कर्मचारीलाई आगामी मंसिर १३ गते तीन दिनसम्म तालिम दिइने जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले पनि गोलाप्रथा विधिलाई निष्पक्ष विधि रहेको बताए । उप्रेतीले भने, ‘गोलाप्रथाबाट खटाईदा कसैमा कुनासो आउँने छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!