संगालोखबर सम्वाददाता

धनकुटा, २ मंसिर । धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन हुँदैछ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टर धनकुटाले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो ।

यो चरण प्रवेश गरेका ४५ जना मध्येबाट आज २० जना छनौट हुँने ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ चरण पार गरेपछि फाईनल हुँनेछ ।

Advertisement

पहिलो चरणमा धनकुटा बजार, झापाको विर्तामोड, सुनसरीको इटहरी, संखुवासभाको खादवारी, तेह्रथुमको बसन्तपुर र भोजपुरमा अडिसन गरी नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु छनौट गरिएको थियो । त्यसपश्चात क्रमस धनकुटामा अडिसन हुँदैछ ।

यसअघि धनकुटाको सामुदायिक भवनमा अडिसन हुँदै आएको भएपनि तेस्रो चरणबाट भने टुडिखेलमा अडिसन हुँदै आएको छ । दिउँसो १ बजेबाट अडिसन सुरु हुँने बताईएको छ । संगालोखबर ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को अफिसियल मिडियाको रुपमा रहेको छ ।

संगालोखबरको फेसवुक पेज (www.facebook.com/sangalokhabaronline) बाट आजको अडिसनको लाइभ हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!