इटहरी, ४ मंसिर । कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ ।

Advertisement

राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को १ च ७००९ नम्बरको एम्बुलेन्सले को २२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनिहरु सबैको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले बताए ।

राउतले मृत्यु भएकाहरु एउटै स्कुटरमा सबार थिए या छुट्टाछुट्टै थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकरी दिए । ठक्कर दिने एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्स इटहरी १ मा रहेको लाल बहादुर पोखरेल स्मृति सेवा समाज रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!