- संगालोखबर सम्वाददाता

धनकुटा, ६ मंसिर । धनकुटामा आज साँझ आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । धनकुटा–७ मितेरी टोलका किरण तुम्सा लिम्बुको घरमा खाना पकाउँने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

घर जलेर नष्ट हुँदा करिव ६ लाख बरावरको क्षति भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । आगलागीबाट लत्ताकपडा, अन्न लगायत घर भित्र भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन ।

Advertisement
आगलागीबाट जलेको घर । तस्वीर : रबिन कटेल/संगालोखबर

साँझ करिव साँढे ५ बजेबाट आगलागी सुरु भएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछि आगो नियन्त्रणमा लिएका हुन ।

आगो नियन्त्रणका लागि धनकुटा नगरपालिकाको दमकल गएको भएपनि साँगुरो सडकका कारण घटनास्थलमा पुग्न नसक्दा त्यसै फर्किएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!