- संगालोखबर सम्वाददाता

धनकुटा, ७ मंसिर । धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई सघाउने भएको छ । संयुक्त वाम गठबन्धन र राप्रपाले विहिवार संयुक्त पत्रकार भेलागरी सो जानकारी दिएको हो ।

देशव्यापी रुपमा राष्ट्रवादी एकता र चुनावी तालमेल प्रक्रिया अन्तर्गत सहकार्य गरिएको पत्रकार भेलामा जानकारी दिइएकोे छ । राप्रपा अध्यक्ष बालानन्द भुर्तेल, संयुक्त वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तिलकप्रसाद राई र संयुक्त वाम गठबन्धन अन्तर्गत एमाले जिल्ला उपाध्यक्ष दुर्गा लिंखाले सो बिषयमा विज्ञप्ति पनि जारी गरेका छन् ।

Advertisement

झापा निर्वाचन क्षेत्र नं.३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई वाम गठबन्धनले सघाएको गुन लगाउ‘दै धनकुटामा आफुहरुले पनि वाम गठबन्धनलाई सघाएको राप्रपा जिल्ला अध्यक्ष बालानन्द भुर्तेलले बताए । उनले वाम गठबन्धनको जनलहरबाट आफु उत्साहि बनेको समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष भुर्तेल । तस्वीर : संगालोखबर

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उमेद्वार राजेन्द्र राई तथा प्रदेशसभा क्षेत्र नं.१ का उमेद्वार निरन राई र क्षेत्र नं.२ का उमेद्वार ईन्द्रमणी पराजुलीलाई राप्रपाले पनि सुर्य चिन्हमा मतदान गरी सघाउने विज्ञप्तिमा उल्लेख छ । धनकुटालाई प्रदेशको राजधानी बनाउन पनि वाम गठबन्धनको जीत आवश्यक रहेको राप्रपा अध्यक्ष बालानन्द भुर्तेलले जोड दिए ।

यसैबिच राप्रपाका तर्फबाट क्षेत्र नं. १ मा प्रदेशसभा उमेद्वार रहेका चक्रबहादुर बुढाथोकीले पनि पत्रकार भेला मार्फत वाम गठबन्धनलाई सघाउने जनाएका छन् । उनले आफ्नो उमेद्वारी परेपनि मतदाता सामु वाम गठबन्धनलाई मत माग्ने बताए । झापामा वाम वठबन्धनले राप्रपालाई सघाएकोले धनकुटामा पनि आफुले वाम गठबन्धनलाई सघाउन जुटेको उनको भनाई थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!