- संगालोखबर सम्वाददाता

धनकुटा, ४ मंसिर । मानव अधिकारका विभिन्न सूचक मध्ये नागरिकले स्वास्थ्य, शिक्षा र बालअधिकारका बिषयमा सर्वाधिक चासो लिने गरेको एक सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले धनकुटामा गरेको प्राथमिकता निर्धारण सर्वेक्षणमा यस्तो पाईएको हो ।

आयोगले विभिन्न ११ प्रकारका मानव अधिकारका सवालमा लिएको प्राथमिकता निर्धारण सर्वेक्षणमा स्वास्थ्य अधिकारमा सर्वाधिक मत परेको आयोगका अधिकृत सन्तोष आचार्यले जानकारी दिए । उक्त अवसरमा सहभागी २३ जनाबाट गरिएको सर्वेक्षण अनुसार स्वास्थ्यमा १८ तथा शिक्षा र बालअधिकारमा समान १७ अंक प्राप्त भएको थियो ।

Advertisement

यसैगरी महिला अधिकारमा १५, आर्थिक अधिकारमा १४, खाद्य तथा स्वास्थ्य अधिकारमा १०, सामुहिक तथा सामाजिक अधिकारमा समान ५, नागरिक तथा राजनीतिक अधिकारमा ४ र सांस्कृतिक अधिकारमा २ अंक प्राप्त भएको मत संकलनमा सम्लग्न अधिकारकर्मी विदुर सुवेदीले बताएका छन ।

आयोगले मानव अधिकारका ११ सुचक मध्ये प्राथमिकता निर्धारण गर्न तेह्रथुम र धनकुटामा सर्वेक्षण कार्य गरेको आयोगका अधिकृत आचार्यले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!