इलाम, ६ मंसिर । सूर्याेदय नगरपालिका–१० फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

Advertisement

गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तनहुँको व्यास नगरपालिका–१ का मोटरसाइकल चालक ३५ वर्षे सरोज पौडेल र मोटरसाइकलमा पछाडि सवार इलाम चमैताकी २४ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाबाट इलाम आउँदै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले ओभरटेक गर्नेक्रममा ठक्कर दिएको थियो ।

मेची राजमार्गको फिक्कल बजारस्थित शिखर होटल अगाडि भएको दुर्घटनामा चालक पौडेलको घटनास्थलमै र गम्भीर घाइते राईको उपचारका लागि झापाको बिएन्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक लवङ्ग लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!