- संगालोखबर सम्वाददाता

धनकुटा, ५ मंसिर । धनकुटाको मौनावुधुकमा मंगलबार भएको सभालाई संबोधन गर्दै बाम गठबन्धनका नेताहरुले निर्वाचनमा सोच विचार गरेमा मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन । क्षणिक आश्वासनमा परेर गलत मान्छेलाई भोट दिएमा पछि पछुताउँनुको विकल्प नहुँने भन्दै उनीहरुले मतदान गर्नभन्दा अघि उम्मेद्वारको मुल्यांकन गर्न आग्रह गरेका हुन ।

लोकतन्त्रको माग गर्दा भीमनारायण श्रेष्ठ र छिन्ताङ्गका सर्वसाधरणलाई निर्ममतापूर्वक हत्या गर्नेहरु नै अहिले जनतालाई आवश्वासन दिएर भोट माग्दै आईरहेको भन्दै त्यस्ता ब्यक्तिलाई चिनिराख्न बाम गठबन्धनका नेताहरुले सचेत गराएका हुन । लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई लक्षित गरी बाम गठबन्धनका नेताहरुले यस्तो अभिब्यक्ति दिएका हुन ।

Advertisement

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले गणतन्त्र र संविधानसभाको कुरा गर्दा टाउकाको मूल्य तोक्ने वर्तमान लोकतान्त्रिक शक्तिबाट देशको बिकास असम्भव रहेको दावी गरेका छन् । उनले भने ‘अरुबेला सुतेर बस्ने अनि बाम गठबन्ध बनेपछि आत्तिएर गठबन्धन बनाउँनेले देश बिकास गर्छु भन्दै भोट मग्नु भ्रम छर्नु बाहेक अरु केहि हैन ।’

७ सालदेखि अहिलेसम्मको अवस्था हेर्दा लोकतान्त्रिक सक्ति असफल भएकाले देशको विकासका लागि बाम गठबन्धन आवश्यक परेको उनको भनाई छ । पछिल्लो समय एमाले र माओवादी सरकारमा पुगेपछि गाबिस, नगरपालिकाको बजेट बढाउँनु, बृद्धा भत्ता बढाउँनु, आर्थिक बृद्धिदर बढाउँनु, यूवा स्वारोजगार र गाउँगाउँमा सहकारी बिस्तार गर्नु यसको उदाहरण रहेको भण्डारीले बताए ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य डाक्टर बिजय सुब्बाले लोकतन्त्र र स्वतन्त्रताको माग गर्दा हत्या गरिएका सहीद भीमनारायण श्रेष्ठ र छिन्ताङ्गका १५ शहीदहरुको हत्या काण्डका पात्र  धनकुटेली जनताको प्रतिनिधि हुन नसक्ने बताएका छन ।

लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई लक्षित गरी प्रश्न गर्दै शुब्बाले भने–‘जस्ले लोकतन्त्र माग्नेहरुको हत्या गर्छ उ कसरी लोकतन्त्रवादी र धनकुटेली जनताको प्रतिनिधि हुन सक्छ ?’ कार्यक्रममा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राईले आफ्ना प्रतिद्धन्द्धी सुनिल थापाले धनकुटालाई राजधानी बनाउँछु भनेर जनतामा भ्रम छर्दै भोट मागिरहेको आरोप लगाएका छन ।

‘प्रदेश सभाको दुई तिहाई बहुमतले राजधानी तोक्ने संविधानमा ब्यबस्था छ’ राईले प्रश्न गर्दै भने ‘जिल्लामा एउटा वडा सदस्यसम्म जित्न नसक्नेले कसरी दुई तिहाईको बहुमत पुर्याएर राजधानी बनाउँन सक्छ ? यो भ्रम फैलाउँने काम मात्र हो ।’

हरेक पटक जनताले अधिकार पाउन कम्युनिष्टहरु सरकारमा पुग्नुपरेको उदाहरण दिदै राईले लोकतान्त्रिक शक्तिहरुको फैलाएको भ्रममा नपर्न धनकुटेली जनताहरुलाई आग्रह गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!