- संगालोखबर सम्वाददाता

बिराटनगर। टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुँने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउँन पाउँने भएका हुन् ।

बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो पर्ने हुँनाले बढी खर्च हुँने गरेको थियो । तर, नोबेलले गरिव तथा बिपन्न बिरामीलाई लक्षित गर्दै शल्यक्रिया शुल्क न्यूनतम कायम गरेर निःशुल्क शल्यक्रिया हुँने व्यवस्था मिलाएको हो ।

गरिव तथा बिपन्न बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै अस्पताल सञ्चालक डा.सुनिल शर्माले न्यूरो सम्बन्धि शल्यक्रिया शुल्क न्यूनतम ३० हजारदेखि अधिकतम ५५ हजार मात्र कायम गराएपछि टाउको र मेरुदण्डको शल्यक्रिया निःशुल्क हुँन थालेको न्यूरो सर्जन डा.प्रकाश काफ्लेले बताए ।

बिपन्न नागरिक औषधी उपचार कोषको सहुलियत रकम भन्दा शल्यक्रिया शुल्क कम भएकाले बिपन्न बिरामीले टाउको र मेरुदण्डको शल्यक्रिया गराउँदा अप्रेशन शुल्क तिर्नु नपर्ने भएको हो । निःशुल्क अप्रेशन हुँन थालेपछि बिरामीहरु पनि हर्षित छन् । अत्याधुनिक न्यूरो सर्जरी सेवाका कारण न्यूरो सम्बन्धि अप्रेशनका लागि नोबेल अस्पताल बिरामीहरुको रोजाईमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र ख्यातिप्राप्त चिकित्सकहरुका कारण राम्रो उपचार पाउँने हुँनाले बिरामीहरु अप्रेशनका लागि नोबेलमा आउँने गरेका छन् ।

गुणस्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले दुई अर्व २० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेर बिश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने गरेको छ ।

जर्मन, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै बिषेशज्ञ डाक्टरको ब्यवस्थापन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि नोबेलमा अहिले नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका विरामी पनि उपचारका लागि आउँने क्रम बढ्दै गएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!