- संगालोखबर सम्वाददाता

इटहरी । पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएपछि आलोचित भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्तत:  माफी मागेका छन् ।

Advertisement

सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै उनले आज प्रेस बिज्ञप्ती जारी गरेर आत्मआलोचना गरेका हुन् ।

मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपमहानगरपालिकासमेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!