- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर। प्रदेश १ सरकारले धनकुटामा शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड बजेट बिनियोजन गरेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालनका लागि बजेट छुट्याईएको हो ।

Advertisement

प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा यसलाई समावेश गरेको छ । प्रदेश सभा बैठकमा आईतबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । सोहि क्रममा उनले धनकुटामा बिभिन्न बिशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड बजेट बिनियोजन गरिएको बताए ।

धनकुटामा शिक्षण अस्पताल सञ्चालन गर्न जिल्लाबासीले माग गर्दै आएका थिए । मुख्यमन्त्री शेरधन राईले अस्पताल सञ्चालन गर्ने आश्वासन दिएका थिए । बजेट बिनियोजन भएसँगै जिल्लाबासीको माग पुरा हुँने निश्चित भएको छ ।

यो पनि हेर्नुहोस्…

प्रदेश १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!