- संगालोखबर सम्वाददाता

बिराटनगर। पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका ईटहरीका मेयर द्वारिकलाल चौधरीको सर्वत्र आलोचना हुन थालेको छ । केन्द्रिय नेतादेखि मुख्यमन्त्रीसम्मले उनको व्यवहार अनुपयुक्त रहेको धारणा राख्दै आत्मालोचना गर्न सुझाव दिएका छन् ।

पत्रकारको नाकको हड्डी भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन्। यता युवा सङ्घ नेपालका तत्कालीन उपाध्यक्ष परशुराम बस्नेतले मेयर चौधरीलाई बर्खास्त गर्न माग गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन आग्रह गरेका हुन्। मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्म आलोचना गर्नु उचित हुनेछ।’

त्यस्तै, योगेश भट्टराईले चौधारीको हकी स्वभाव, प्रस्टवक्ता र इमान्दारिताको प्रशंसक भए पनि सार्वजनिक भएका अभिव्यक्ति स्वयं उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी र उनको राजनीतिक उचाइका कारण सुहाउँदैन।

मेयर चौधरीलाई बर्खास्त गर्नुपर्ने युवा सङ्घ नेपालका तत्कालीन उपाध्यक्ष परशुराम बस्नेतले माग गरेका छन् । आफूसँग जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मेयर चौधरीको उचित उपचार र विकल्पको बाटो रोज्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।

पत्रकार विराट अनुपमलाई बारम्बार ज्यान लिने सम्मको धम्की दिएका मेयर चौधरीले बस्नेतकोसमेत नाम जोडेका हुन् । उनले सुरक्षित भएर हिँड्नु भन्दै राजनीति गर्ने मान्छेले जे पनि गर्न सक्ने भनि धम्की दिएका थिए ।

नेकपा मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका बस्नेतले स्पष्टोक्ती दिँदै भनेका छन्– ‘४ वर्ष देखि कुनै साइनो सम्बन्ध नभएको व्यक्तिले कसैप्रति लक्षित गर्दै आफूलाई जोडेको हुँदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो व्यक्तिलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्छ ।’

 

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!