विराटनगर । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् ।

विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलको ईजालशले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । अदालतको आदेशपछि गौतमलाई पूर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाईएको छ।

Advertisement

गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि–डिजाईनका काम र सिटीपिको प्लेट बन्ने गरेको थियो । त्यही उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गत बैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठा भित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो ।

गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिषरमै लामो समयदेखि फेमिली क्वार्टरमा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा महिलाले आफ्ना श्रीमान्लाई बताएपछि घटना बाहिर आएको थियो ।

गौतमले १५ वैशाखमा उद्योगको बाथरूममा करणी गरेको आरोप छ । गौतमका दुई श्रीमती छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!